Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आफैं प्रधानाध्यापक, कक्षा शिक्षक र आफैँ कार्यालय सहयोगी, ३३३ जना विद्यार्थीलाई एक्लै कसरी पढाउँछन् ?

आफैं प्रधानाध्यापक, कक्षा शिक्षक र आफैँ कार्यालय सहयोगी, ३३३ जना विद्यार्थीलाई एक्लै कसरी पढाउँछन् ?


  • 15.2K
    Shares

    आफैं प्रधानाध्यापक, कक्षा शिक्षक र आफैँ कार्यालय सहयोगी, ३३३ जना विद्यार्थीलाई एक्लै कसरी पढाउँछन् ?
    images

    सरकारले विद्यालयमा पर्याप्त शिक्षक पुर्याउने जिम्मेवारी पूरा गर्न नसक्दा एउटा विद्यालययका पूरै विद्यार्थीको भविष्य अन्धकारमय हुने अवस्थामा पुगेको छ । एउटै शिक्षकको भरमा व्यवस्थापनमा स्थानीय समुदाय तथा उत्तरदायित्व बोकेको स्थानीय तहको उदासिनताका कारण महोत्तरीको मनरा शिसवा नगरपालिकाको वडा नं। ९ मा रहेको हनुमानदत्त विश्वनाथ जनता प्राथमिक विद्यालय लथालिंग भएको छ ।

    सो विद्यालय विगत लामो समयदेखि एउटै शिक्षकका भरमा चलिरहेको छ । मजदुर, विपन्न तथा दलित विद्यार्थीको बाहुल्यता रहेकोे सो विद्यालय व्यवस्थापनमा सरोकारवालाको ध्यान नगएका कारण एक कक्षामा ६१, दुई कक्षामा ७४, तीन कक्षामा ५३, चार कक्षामा ५५ र पाँच कक्षामा ६९ गरी जम्मा ३३३ छात्रछात्रालाई उनी एकलै हेछृन । विद्यालयका प्रधानाध्यापक तीर्थनाथ झा बिरामी छन् ।

    कहिले काही विद्यालय आउँछन् । अधिकांश समय शिक्षक रामयाद राउतले अध्यापन गराउँदै आएका छन् । सो विद्यालयमा बालकक्षामा २० जना बालबालिका छन् ।

    देशमा राजनैतिक व्यवस्था परिवर्तन भए पनि सो विद्यालयको अवस्था २०४४ साल देखि उस्तै छ । ४४ सालदेखि नै शिक्षकराउतले आफैं शिक्षक आफैं कार्यालय सहयोगी आफैं व्यवस्थापक बनेर विद्यालय चलाइरहेका छन् । नेपाल भारतको दशगजा क्षेत्रको १० मिटर मात्रै उत्तर किनारामा मुसहर बस्तीको छेउमै अवस्थित सो विद्यालयमा २०४४ सालदेखि नै आफैं प्रधानाध्यापक, आफैं कक्षा शिक्षक र आफैँ कार्यालय सहयोगीसमेत भएर काम गर्दैै आएको शिक्षक रामयाद राउतले बताए ।

    सो विद्यालयमा बालकक्षामा २० जना बालबालिका रहेका छन् । बालकक्षामा एक जना सहजकर्ता कार्यरत रहेको नगर शिक्षा शाखामा कार्यरत एक अधिकृतले बताए । ती अधिकृतका अनुसार सो विद्यालयमा तीन जना शिक्षकको दरबन्दी छ । झा दीर्घ रोगी छन् । एक दरबन्दी रिक्त छ ।

    विद्यालयमा व्यवस्थापन समिति पनि छैन । गठन गर्न समुदाय नै सक्रिय हुँदैन । विद्यालय झनझन लथालिंग हुँदै गइरहेको छ । सो विद्यालयले केही समय अगाडि थोरै पैसामा एक जना स्वयम् सेवक शिक्षक राखेको भएपनि विद्यालयले पैसा दिन नसकेपछि ती शिक्षकले काम गर्न मानेन् ।

    पालिकाले आर्थिक सहयोग नगर्दा समस्या भएको स्थानीयको गुनासो छ । स्थानीयले प्रधानाध्यापक लामो समयदेखि बिरामी भए पनि राजनैतिक दम्भका कारण शिक्षा शाखा केही गर्न नसक्ने गुनासो गरे । विद्यालय व्यवस्थापनको पूर्ण जिम्मेबारी पाएको स्थानीय सरकारले कानमा तेल हाल्दा आफ्ना छोराछोरीले उचित शिक्षादिक्षा नपाएको स्थानीय बयोबृद्ध बुधवा सदाले बताए ।

    २०१० सालमा स्थापित त्यस क्षेत्रकै पहिलो विद्यालय अहिले देशमा तीन तहको सरकार भए पनि कसैको नजरमा पर्न सकेको छैन । भवन, कक्षाकोठा, शौचालय, खानेपानी अभाव र खुला आकाशमुनि टुटे भत्केको कोठाको बरण्डामा वर्षौंदेखि शिक्षा ग्रहण गर्न ससाना बालबालिका बाध्य रहेका छन् भने शिक्षक एवं शिक्षक राउतले नचाहेर पनि सोही परिस्थितिमा पठनपाठन गराउन विवश रहेको दुखेसो व्यक्त गरे ।

    त्यस विद्यालयमा स्थापनाकालमै निर्मित पुराना जीर्ण तीन कोठा मात्रै छन् । सोही कोठामा प्रधानाध्यापक राउतले कक्षा सञ्चालन र कार्यालय सञ्चालन गरिरहेका छन् । विद्यार्थीको चापले गर्दा पठनपाठनमा व्यवधान, कार्यालय सञ्चालनमा समस्या र खाजा पकाउने काममा समेत बाधा अवरोध हुने भएपछि त्यहाँ अध्ययनरत ७० प्रतिशत विद्यार्थीलाई कोठा बाहिर बनाइएको चिसो बरण्डामा बसाएर पढाउनुपर्ने बाध्यता रहेको शिक्षक राउतले बताए ।

    करिब पाँच कठ्ठा क्षेत्रफल रहेको त्यस विद्यालयमा जति पनि कक्षाकोठा बनाउन मिल्ने पर्याप्त जग्गा रहेको, खुला चौर छ । शौचालय, खानेपानीलगायतका सबै सुविधा जडान गर्न पर्याप्त आधार रहे पनि कसैले चासो नदेखाउँदा समस्या रहेको स्थानीय सदाले बताए ।

    प्रकाशित मिति :पौष १९ २०७८ सोमवार - १४:४१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij