Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कोरोना भाइरसबाट बच्नका लागि, रोग प्रतिरोधी क्षमताको विकास गर्नका लागि खानुहोस् यस्ता खानेकुराहरु

कोरोना भाइरसबाट बच्नका लागि, रोग प्रतिरोधी क्षमताको विकास गर्नका लागि खानुहोस् यस्ता खानेकुराहरु


  • 5.1K
    Shares

    • images
    कोरोना भाइरसबाट बच्नका लागि, रोग प्रतिरोधी क्षमताको विकास गर्नका लागि  खानुहोस् यस्ता खानेकुराहरु
    images

    काठमाडौँ । चिसो मौसममा कोरोना भाइरसको नयाँ भेरियन्टले फेरि महामारीको रुप लिइरहेको छ । विश्वभर कोरोना फैलिरहेको छ । कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्यसम्बन्धी नियमको पालना त गर्नैपर्छ । त्यसमा रोग प्रतिरोधी क्षमताको विकास गर्नका लागि नियमित स्वस्थकर खानेकुरा पनि खाने गर्नुपर्छ ।

    घ्यू

    आयुर्वेदका अनुसार घ्यू सबैभन्दा सजिल्यै पचाउन सकिने खानेकुरा हो । घ्यूले शरीरलाई तातो राख्छ । यसले शरीरलाई तुरुन्तै ताकत पनि दिन्छ । घ्यूले रोगप्रतिरोधी क्षमताको विकास गर्छ । छाला फुट्ने, सुख्खा हुने समस्याबाट पनि बचाउँछ । तपाईं रोटी, दाल, भात वा तरकारीसँग घ्यू खान सक्नुहुन्छ । 

    सखरखण्ड
    भिटामिन ए, पोटाशियम र अन्य थुप्रै प्रकारका पोषक तत्वहरु पाइन्छ । सखरखण्डले कब्जियत र इन्फ्लेमेशनबाट राहत दिन्छ । यसले रोग प्रतिरोधी क्षमता बढाउँछ । यसमा हुने भिटामिन सी रोग प्रतिरोधी क्षमता बढाउने राम्रो स्रोत हो । विशेषज्ञका अनुसार सखरखण्डको एक टुक्रामा बिटा क्यारोटिनले दिनभर शक्ति प्रदान गर्छ । यसलाई दूधसँग पनि खान सकिन्छ । 

    अमला 
    भिटामिन सीले भरपुर अमलाले रोग प्रतिरोधी क्षमताको विकास गर्छ । यसले चिसोमा विभिन्न प्रकारका चिसोबाट लाग्ने रोगहरुबाट बचाउँछ । अमलाको सेवनले शरीरमा पोषक तत्व पनि प्राप्त हुन्छ ।

    खजूर
    खजूरमा भिटामिन, मिनरल र फाइबर धेरै मात्रामा पाइन्छ । खजूरमा पाइने क्याल्शियमले हड्डी, दाँतहरुलाई फाइदा पुग्छ । विशेषज्ञका अनुसार खजूरले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ ।

    गुड
    गुडले पनि रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । यसले चिसोबाट पनि बचाउँछ । गुडमा हुने आइरन, म्याग्नेशियम, जिंक, सेलेनियम र पोटाशियम जस्ता गुणकारी तत्वले रोग प्रतिरोधी क्षमताको विकास गर्छ । 

    जुनेलो
    पोषक तत्व, भिटामिन, मिनरल र फाइबरयुक्त जुनेलोले शरीरलाई धेरै फाइदा गर्छ । विशेषज्ञका अनुसार जुनेलोमा हुने भिटामिन बीले मांसपेशीहरुलाई बलियो बनाउँछ । शरीरलाई तातो राख्न मद्दत गर्छ ।

    अदुवा 
    अदुवामा हुने अक्सिडेटिभ र एन्टिइन्फ्लामेटरी तत्वहरुले खराब भएको घाँटी छिटो निको हुन मद्दत गर्छ । यसले रोग प्रतिरोधी क्षमताको पनि वृद्धि गर्छ । यसले मुटुसम्बन्धी रोगहरु, क्यान्सर, पाचनसम्बन्धी समस्या र वाकवाकी लाग्ने जस्ता समस्याहरुबाट राहत दिन्छ । 

    अमिला फलफूल 
    मौसमी फलफूल, सुन्तला र कागती जस्ता अमिला फलफूलको सेवन गर्न भुल्नुहुँदैन । चिसोमा पाइने अमिला फलफूलले भिटामिन सीको काम गर्छ । 

    प्रकाशित मिति :पौष १९ २०७८ सोमवार - ११:००:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij