Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

शिक्षक र कर्मचारीका लागि आयोगले जारी गर्यो यस्तो विज्ञप्ति, के छ विज्ञप्तिमा ?

शिक्षक र कर्मचारीका लागि आयोगले जारी गर्यो यस्तो विज्ञप्ति, के छ विज्ञप्तिमा ?


  • 41.4K
    Shares

    शिक्षक र कर्मचारीका लागि आयोगले जारी गर्यो यस्तो विज्ञप्ति, के छ विज्ञप्तिमा ?
    images

    काठमाडौं । बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीलाई सदस्यता वितरण नगर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई सचेत गराएको छ । राजनीतिक दल सम्बन्धि ऐन २०७३ को व्यवस्था स्मरण गराउँदै आयोगले दलहरूलाई उक्त निर्देशन दिएको हो ।

    अघिल्ला हप्तामा सम्पन्न नेकपा एमाले, राप्रपा र नेपाली कांग्रेसको महाधिवेशनमा शिक्षकहरूकाे उल्लेख्य सहभागीता थियाे । नेकपा माओवादीको जारी महाधिवेशनमा पनि शिक्षकहरू उपस्थित भएका छन् ।

    प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उक्त निर्देशन नमानी सदस्यता वितरण र पदाधिकारी चयन गरेको पाइएमा त्यस्ता पदाधिकारीहरूको विवरण अद्यावधिक नहुने समेत स्पष्ट पारिएको छ ।

    ‘यस आयोगमा दर्ता भएका विभिन्न राजनीतिक दलहरूको महाधिवेशनमा सार्वजनिक पदमा वहाल रहेका शिक्षक, कर्मचारी, प्राध्यापकहरू समेत दलका महाधिवेशनमा भाग लिई प्रतिनिधि समेत चयन भएको भनी सञ्चार माध्यममा प्रकाशित प्रसारित समाचार प्रति आयोगको ध्यानाकर्षण भएको छ । आयोगमा दर्ता रहेका राजनीतिक दलबाट दलको प्रदेश समिति तथा जिल्ला समितिमा रहने पदाधिकारी तथा सदस्यको विवरण प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा राख्नुपर्ने भएकोले उक्त विवरण प्राप्त हुँदाका बखत त्यस्ता समितिमा सार्वजनिक पदमा बहाल रहेका व्यक्ति समावेश भएको पाइएमा त्यस्ता व्यक्तिको नाम पदाधिकारी तथा सदस्यको सूचीबाट हटाउन प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित दललाई लेखी पठाई आयोगलाई जानकारी दिन निर्देशन दिने,’ विज्ञप्तिमा भनिएको छ । 

    1.jpg

    2.jpg

     

    प्रकाशित मिति :पौष १८ २०७८ आइतवार - १६:५६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij