२०८२ भाद्र ८ गते आइतवार
काठमाडाैं ।शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि १३ हजारभन्दा बढी शिक्षक माग गर्दै विज्ञापन खुलाएको छ ।
आगामी माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन फारम भर्न पाउँछन् ।
त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । यसअघि आयोगले मावि र निमावि शिक्षक पनि माग गर्दै आवेदन खुला गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij