Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

इसीडी शिक्षक र बिद्यालय कर्मचारीको तलबका बिषयमा शिक्षा ऐनमै उल्लेख गरिने

इसीडी शिक्षक र बिद्यालय कर्मचारीको तलबका बिषयमा शिक्षा ऐनमै उल्लेख गरिने


  • 28.5K
    Shares

    इसीडी शिक्षक र बिद्यालय कर्मचारीको तलबका बिषयमा शिक्षा ऐनमै उल्लेख गरिने
    images

    शिक्षामन्त्री देवेन्द्र पौडेलले एसइई परीक्षा प्रणाली खारेज गर्ने विषयमा सरोकारवाला निकायहरुसँग छलफल भइरहेको बताएका छन् ।

    कक्षा १२ सम्म विद्यालय तह घोषणा गरेकाले एसइई गर्ने कि नगर्ने भन्ने विषयमा मन्त्रालयमा दैनिक जस्तो सरोकारवाला निकायसँग छलफल गरिरहेको उनले बताए । यो विषयमा मन्त्रालयले कसैको दबाबमा काम नगर्ने उनकाे भनाइ छ ।

    मन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई थप सक्रिय बनाउने योजना समेत सुनाए। मन्त्री पौडेलले ५ वर्ष शिक्षक सेवा दिएर बढुवा हुनुपर्ने नियमअनुसार बढुवा गर्ने तयारीमा रहेको पनि बताए । शिक्षक सेवा नियमावली मन्त्रिपरिषद्बारा पारित भइसकेकोले उक्त काम अगाडी बढेको उनको भनाई थियो ।

    उनले शिक्षा ऐन नबनेकाले सरकारले अगाडि बढाएका धेरै काम बाँकी रहेको बताए । ‘हरेक कुरा ऐनमा गएर अड्किने गरेको छ,’ उनले भने, ‘त्यसैले शिक्षा ऐन बनाउनको लागि पनि मन्त्रालयले अगाडि बढेको छ ।’ केहि दिन भित्रै शिक्षा ऐन अध्यादेश मार्फत आउने उनको भनाई थियो।

    इसीडी शिक्षक र बिद्यालय कर्मचारीको तलब सम्बन्धमा ऐनमै उल्लेख गरिने मन्त्री पौडेलको भनाई थियो। छानबिन संग सम्पर्कमा आएको श्रोतका अनुसार सरकारले आगामी बिहिबार अध्यादेश जारी गर्दैछ।

    प्रकाशित मिति :पौष १४ २०७८ बुधवार - १६:२०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij