२०८२ भाद्र ८ गते आइतवार
हेटौंडा क्षेत्रमा चिसो बढेसँगै हेटौंडा उपमहानगरपालिकाभित्रका विद्यालय बुधबार बन्द गरिएको छ । उपमहानगरपालिका अन्तर्गत्को शिक्षा विकास महाशाखाले सूचना जारी गरी विद्यालय बन्द हुने जानकारी दिएको हो ।
सूचनामा तापक्रम घटेको र पानी पनि परेकोले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै नगर प्रमुखको आदेश अनुसार विद्यालय बन्द गर्न भनिएको छ ।
हेटौंडामा मंगलबार रातिदेखि नै वर्षा भइरहेको छ । हेटौंडाका सामुदायिक तथा निजी सबै विद्यालय बन्द भएका छन् ।
‘कोरोनाको नयाँ भेरियन्टसँगै बालबालिकाको स्वास्थ्यलाई पर्न सक्ने असर हेरेर विद्यालय बन्द गरेका हौं’, मेयर हरिबहादुर महतले भने । उनका अनुसार बिहीबार मौसम हेरेर मात्र विद्यालय सुचारु गर्ने वा नगर्ने निर्णयमा पुगिने बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij