२०८२ भाद्र ८ गते आइतवार
शिक्षक सेवा आयोगले प्राथमिक तहकोे शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन गरेको छ । प्राथमिक तहको १३ हजार ९३ जना शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो ।
आयोगका अनुसार पुस १४ गतेदेखि माघ १३ गतेसम्म नियमित शुल्कमा र माग २० गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ । साथै चैत्र १९ गते परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।
त्यसैगरी परीक्षा आवेदन फारम अनलाइनबाट नै भर्ने व्यावस्था गरेको जनाएको छ । प्राथमिक तहको विज्ञापनको विस्तृत जानकारी भोलिको राष्ट्रिय दैनिकमा प्रकाशित गरीने र आयोगको वेबसाइटमा राखिने जनाएको छ । आयोगले यस अघि मावि र निम्न माध्यमिक तहको खुला विज्ञापन गरीसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij