Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

राष्ट्रिय परीक्षा बोर्डका नवनियुक्त अध्यक्ष डा शर्माद्वारा पदवहाली

राष्ट्रिय परीक्षा बोर्डका नवनियुक्त अध्यक्ष डा शर्माद्वारा पदवहाली


  • 5.4K
    Shares

    राष्ट्रिय परीक्षा बोर्डका नवनियुक्त अध्यक्ष डा शर्माद्वारा पदवहाली
    images

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका नवनियुक्त अध्यक्ष डा. महाश्रम शर्माले पदवहाली गरेका छन् । सोमबार सानोठिमीस्थित बोर्डको कार्यालयमा उनको पदवहाली भएको हो ।

    पदवहालीका लागि परीक्षा बोर्ड पुगेका अध्यक्ष शर्मालाई सदस्य सचिव दुर्गाप्रसाद अर्यालको नेतृत्वमा कर्मचारीहरुले स्वागत गरेका थिए । लगत्तै आयोजित परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा शर्माले बोर्डको कामलाई परीक्षाको औपचारिकतामा मात्र सीमित गर्नु नहुने बताए ।

    बोर्डलाई विश्वका राम्रा परीक्षा बोर्डहरुको सूचीमा दर्ज गराउनुपर्ने आवश्यकता औल्याउँदै अध्यक्ष डा शर्माले आफ्नो कार्यकाल सोही लक्षमा केन्द्रित रहने उद्घोष गरे । सामुहिकतामा बल भएको बताउदै उनले सबै कर्मचारीलाई आ आफ्नो कर्तब्य पालना गर्न निर्देशन दिनुका साथै आफू सधै कर्मचारीहरुको वृत्ति विकासको पक्षमा रहने प्रतिबद्धता प्रकट गरे ।

    उक्त अवसरमा सदस्य सचिव दुर्गाप्रसाद अर्याल, निर्देशक जंगबहादुर अर्याल, नेराकस परीक्षा बोर्डका केन्द्रीय अध्यक्ष प्रकाश अवाले, कर्मचारी युनियनका अध्यक्ष राजु ओलिया र कर्मचारी संघका अध्यक्ष नरेन्द्र ढकालले बोर्डको नेतृत्वमा शिक्षा बुझेका पूर्व सचिव शर्माको आगमनले उत्साह मिलेको बताउदै उनको अनुभवले बोर्डको प्रगति हुने विश्वास व्यक्त गरे ।

    प्रकाशित मिति :पौष १३ २०७८ मंगलवार - १६:२०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij