Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

देशैभर यी विषयका शिक्षक अभाव, सामुदायिक विद्यालयमा १७ हजार शिक्षक दरबन्दी रिक्त

देशैभर यी विषयका शिक्षक अभाव, सामुदायिक विद्यालयमा १७ हजार शिक्षक दरबन्दी रिक्त


  • 6.9K
    Shares

    देशैभर यी विषयका शिक्षक अभाव, सामुदायिक विद्यालयमा १७ हजार शिक्षक दरबन्दी रिक्त
    images

    शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ ।

    शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ ।

    देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षकको दरबन्दी खाली रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

    केन्द्रले रिक्त शिक्षकको पदपूर्ति गर्न शिक्षक सेवा आयोगलाई आग्रह गरेपछि आयोगले माध्यमिक तह र निम्न माध्यमिक तहको विज्ञापन खुलाएको छ ।

    केन्द्रको तथ्यांकअनुसार सबैभन्दा बढी विज्ञान, अंग्रेजी र नेपाली विषयका शिक्षकको दरबन्दी रिक्त छ ।

     

    प्रकाशित मिति :पौष १३ २०७८ मंगलवार - १६:०२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij