२०८२ भाद्र ८ गते आइतवार
शिक्षक सेवा आयोगले भोलि प्राथमिक तहको तृतीय श्रेणीमा खुला तर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्ने भएको छ ।आयोग गोप्य सूत्रका अनुसार आधिकारी निर्णय केही समयपछि हुने भएको छ । विज्ञापन भोलिको गोरखापत्रमा र भोलिनै आयोगको वेबसाइटमा अपलोड गरिने भएको छ ।
इच्छुक उम्मेदवारले भोलिदेखि माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २० गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्ने आयोगले जानकारी दियो । ।
सो विज्ञापनको सामान्य तर्फको परीक्षा आगामी चैत्र २० गते सञ्चालन हुने आयोगले जानकारी दियो । विज्ञापन भोलिको गोरखापत्रमा प्रकाशन हुने भएको छ । परीक्षा आवेदन फाराम अनलाइनबाटै भर्नुपर्ने छ ।
प्रवक्ता मरहठ्ठाका अनुसार माध्यमिक तहको १ हजार ५ सय ४७ शिक्षक छनोटका लागि खुला तर्फको विज्ञापन पदका लागि विज्ञापन गरिसकेको छ । त्यस्तै यस अघि नै आयोगले निमाविका लागि दुई हजार ५९८ पदका लागि विज्ञापन गरिसकेको छ ।
त्यसैगरी आयोग आन्तरिक तर्फको बढुवाको विज्ञापन पनि यसै महिनाको अन्तिम सम्ममा गर्ने तयारीमा जुटेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । ‘हामी आन्तरिक तयारीमा बसेका छौं ।’ उनले भने, ‘राजपत्रमा संशोधित नियमावली आउने बितिकै विज्ञापन हुन्छ ।’
पाँच बर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाको प्रक्रिया नियमावलीको ११ औं संशोधनसंग शुरु तयारीमा आयोग बसेको छ ।
आयोगले सबै तहको प्रथम र दवतीय श्रेणीमा गरी तीन हजार ३९८ शिक्षकको विज्ञापन गर्ने तयारीमा आयोग जुटेको छ । त्यसैगरी आयोगले आगामीमा चैत्रमा सबै तहको लाइसेन्सको विज्ञापन गर्ने गृहकार्य गरिरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij