Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

त्रिवि बीएएलएलबी प्रवेश परीक्षाको आवेदन फारम खुला, शुल्क कति?

त्रिवि बीएएलएलबी प्रवेश परीक्षाको आवेदन फारम खुला, शुल्क कति?


  • 5.2K
    Shares

    त्रिवि बीएएलएलबी प्रवेश परीक्षाको आवेदन फारम खुला, शुल्क कति?
    images

    त्रिभुवन विश्वविद्यालय कानुन संकायको डिन कार्यालयअन्तर्गत आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा नयाँ शैक्षिकसत्र २०७८/७९ को लागि बीएएलएलबी तहमा भर्नाको लागि प्रवेश परीक्षाको आवेदन फारम खुला गरिएको छ।

    विश्वविद्यालयले कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीलाई ५ वर्षे बीएएलएलबी अध्ययनका लागि २०७८ माघ २९ गते बिहान ११ देखि २ बजेसम्म सञ्चालन हुने प्रवेश परीक्षाका लागि आवेदन फारम भर्न विद्यार्थीलाई सूचित गरेको हो।

    विद्यार्थीले आवेदन फारम २०७८ पुस १२ देखि माघ ११ गते दिउँसो २ बजेसम्म पाउने विश्वविद्यालयले जनाएको छ। आवेदन फारम नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग र पृथ्वीनारायण क्याम्पस पोखरामा उपलव्ध हुने कार्यालयले जनाएको छ। 

    कक्षा १२ मा डिप्लस ल्याई उत्तिर्ण गरेका विद्यार्थीले १२ सय शुल्कसहित आवेदन फारम बुझाएर प्रवेश परीक्षामा सहभागि हुन पाउँछन्।

    प्रकाशित मिति :पौष १२ २०७८ सोमवार - १४:०३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij