२०८२ भाद्र १० गते मंगलवार
ओरल सेक्स भनेको के हो ?
मुख तथा जिब्रोले यौनाङ्ग चलाएर गरिने यौन क्रियाकलापलाई ओरल सेक्स भनिन्छ । ओरल सेक्सलाई नेपालीमा मुख मैथुन भनिन्छ । ओरल सेक्सलाई पूर्वीय समाजमा अप्राकृतिक तथा असामान्य मानिन्छ भने पश्चिमा समाजमा ओरल सेक्सलाई सामान्यरुपमा लिइन्छ । मोर्डन समाजमा यौनजोडी बीचको सहमतिमा भएको ओरल सेक्सलाई अप्राकृतिक तथा अस्वभाविक मानिदैन । यौन जोडीबीच शारीरिक तथा मानसिक रुपमा समस्या हुँदैन र दुवैले आनन्द लिन सक्छन् भने ओरल सेक्सलाई स्वभाविक मानिन्छ । दुईमध्ये एक जनाको मात्रै चाहनामा ओरल सेक्स गरियो भने त्यो अप्राकृतिक मानिन्छ ।
ओरल सेक्स गर्दा यौन जोडीको पनि चाहना छ वा छैन भने बुझ्नुपर्छ । यौन जोडीमध्ये एकको मात्रै चाहनामा गरियो भने जोडीलाई घिन लाग्न सक्छ । ओरल सेक्स व्यक्तिमा मात्रै हैन जनावरमा पनि हुन्छ । गोरुले गाईको योनि चाटेको देखिन्छ । वात्स्यायनले समेत ओरल सेक्सका बारेमा उल्लेख गरेको पाइन्छ । जिब्रोले यौनाङ्ग चलाउने, चुस्नेलगायत गरेर ओरल सेक्स गर्न सकिन्छ । विपरीत लिङ्गी तथा समलिङ्गी बीचमा ओरल सेक्स गरेको पाइन्छ । धेरैजसो समलिङ्गीमा ओरल सेक्स गरेको पाइन्छ ।
पछिल्लो पुस्ता माझ ओरल सेक्स (मुख मैथुन)ले प्राथमिकता पाउँदै गएको छ । तर यसले विभिन्न रोग तथा संक्रमणको जोखिम बढाउने गर्दछ । ओरल सेक्सले खतरनाक गोनोरिया पैदा गर्दछ । डब्लूएचओ अनुसार गोनोरियाको उपचार कठिन हुने र कतिपय अवस्थामा असम्भव हुनसक्छ ।
गोनोरियाबाट गुप्ताङ्ग, गुद्वार र गलामा संक्रमण हुनसक्छ । यसको असर दिनानुदिन बढ्ने गर्दछ । एन्टिबायोटिक्स गलामा जिवाणुलाई जन्म दिने गर्दछ र यसमा गोनोरियासँग जोडिएका केही कुरामा पनि समावेश हुन्छन् ।
ओरल सेक्समार्फत हुने गोनोरिया जिवाणुको हमला कडा किसिमले फैलन सक्छ । यो रोग जिवाणुजनित हो जसलाई नाइसिरिया गोनोरिआ भनिन्छ । यो संक्रमण असुरक्षित भजाइनल, एनल र ओरलसेक्समार्फत फैलने गर्दछ ।
यसको लक्षण पहिचान गर्न सजिलो छैन । तर यसको लक्षणमा यौनाङ्गबाट हरियो र पहेंलो पदार्थ निस्कने पर्दछ । यसका साथै पिसाब गर्ने बेला पीडा र महिनावारी हुँदाको रगतबाट यो रोगको पहिचान हुने गर्दछ । यस्तो प्रकारको इन्फेक्सन जसको उपचार सम्भव छैन त्यसबाट प्रजनन क्षमतामा सिधा असर पर्ने गर्दछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij