Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

एसईई खारेज गर्न पुनः निर्देशन, अब कक्षा १२ को परीक्षा मात्रै राष्ट्रियस्तरको हुने

एसईई खारेज गर्न पुनः निर्देशन, अब कक्षा १२ को परीक्षा मात्रै राष्ट्रियस्तरको हुने


  • 15.1K
    Shares

    एसईई खारेज गर्न पुनः निर्देशन, अब कक्षा १२ को परीक्षा मात्रै राष्ट्रियस्तरको हुने

    कक्षा १० (माध्यमिक शिक्षा परीक्षा) खारेज हुन लागेको छ । कक्षा १२ को परीक्षालाई मात्रै राष्ट्रियस्तरको परीक्षाको मान्यता दिनेगरी एसईई खोरेज हुन लागेको हो । संसद्को ‘शिक्षा तथा स्वास्थ्य समिति’ले एसइई प्रणाली खारेज गर्न सरकारलाई पुनः निर्देशन दिएको हो ।

    समितिको बिहीबार बसेको बैठकले यसअघि २९ जेठ ०७७ मै एसइई खारेज गर्न निर्देशन दिएपनि कार्यान्वयन नभएको भन्दै पुनः निर्देशन दिएको हो ।

    समितिले गत २९ जेठमा भनेको थियो, ‘कोरोना संक्रमणले ल्याएको संकटपूर्ण अवस्थामा यो वर्षका लागि एसइई परीक्षा सञ्चालन नगर्ने निर्णय उपयुक्त छ ।

    संविधान र कानुनले कक्षा १२ सम्म विद्यालय शिक्षा भनेर किटान गरेकाले यस वर्षका लागि स्थगित भएको एसइई परीक्षालाई सधैँका लागि हटाएर कक्षा १० का परीक्षा स्थानीय तहबाट सञ्चालन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको परीक्षा हुने गरी आवश्यक कानुनी व्यवस्था गर्नू ।’

    समितिको बिहीबारको बैठकले एसइई खारेज गर्न सरकारलाई निर्देशन दिएसँगै बाल शिक्षकहरूको पारिश्रमिकका सम्बन्धमा पूरा पारिश्रमिक नपाएका शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध गराउन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ । समितिले संघीय शिक्षा विधेयक छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ । 

    प्रकाशित मिति :पौष ९ २०७८ शुक्रवार - १४:१५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij