Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

तलब नपाएर हैरान बनेका इसीडी शिक्षकहरुमा छायो खुसियाली, मन्त्रालयका सचिवले गरे यस्तो डिसिजन

तलब नपाएर हैरान बनेका इसीडी शिक्षकहरुमा छायो खुसियाली, मन्त्रालयका सचिवले गरे यस्तो डिसिजन


  • 37.8K
    Shares

    तलब नपाएर हैरान बनेका इसीडी शिक्षकहरुमा छायो खुसियाली, मन्त्रालयका सचिवले गरे यस्तो डिसिजन
    images

    इसीडी शिक्षकलाई समयमै तोकिएको तलब दिनुपर्ने भन्दै शिक्षाका सचिवले बोल्ड निर्णय गरेका छन्।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले स्थानीय तहले प्रारम्भिक बालविकास सहजकर्ता इसीडी शिक्षक र विद्यालय कर्मचारी परिचर र लेखापाल लाई सरकारले तोकेको पारिश्रमिक स्थानीय तहले अनिवार्य दिनुपर्ने बताएका छन् ।

    स्थानीय तहले अनावश्यक बखेडा झिकेर सरकारले तोकेको पारिश्रमिक दिन आनाकानी गर्नु गलत भएको उल्लेख गर्दै सचिव कोइरालाले सरकारले दिने भनेपछि दिनै पर्ने स्पष्ट पारे।

    ‘सरकारले पारिश्रमिक तोकेपछि ’ सचिव कोइरालाले भने, ‘सरकारले तोकेको पारिश्रमिक दिनैपर्छ । नदिने भन्नै नै हुँदैन। दिनैपर्छ र निशर्त दिनुपर्छ ।’ कसैलाई पनि तोकिएको पारिश्रमिक दिन्न भन्ने अधिकार नभएको उनले स्पष्ट पारे।

    मंगलबार सचिव कोइरालाले पारिश्रमिक कुनै हालतमा नरोकिने र केही दिन ढिला भए पनि सबैले तोकेबमोजिम पाउने बताए।

    उनले भने, ‘धेरै स्थानीय तहले पारिश्रमिक दिइसकेका रहेछन् । केहीले मात्रै दिएका छैनन्। बजेटको समस्या देखाएका छन्। शिक्षक र कर्मचारीलाई पारिश्रमिक दिन बजेट नहुने भन्ने हुँदैन । कुनै पनि हालतमा पारिश्रमिक दिनुपर्छ।’

    इसीडी शिक्षक र विद्यालय कर्मचारीले केही दिन ढिला भए पनि पारिश्रमिक पाउने सचिव कोइरालाले बताए। उनले भने, ‘सरकारले तोकेको तलबभत्ता उहाँहरुले पाउनुहुन्छ। त्यसमा कुनै विवाद छैन । दुई दिन ढिलो भए पनि पाउनुहुन्छ ।’

    केही दिनअघि शिक्षामन्त्री देवेन्द्र पौडेलले पनि शिक्षक र कर्मचारीलाई पारिश्रमिक दिन स्थानीय तहलाई नै निर्देशन दिएका थिए। हाल प्रधानमन्त्री कार्यालयमा सरुवा भएका तत्कालीन शिक्षा सचिव रामप्रसाद थपलियाले २०७८ मा असार ८ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् परिपत्र गरेका थिए।

    पारिश्रमिक निकासा सम्बन्धि आर्थिक वर्ष २०७८र७९ को बुँदा नं.२१६ मा व्यवस्था भएअनुसार सात हजार रूपैयाँ स्थानीय तहले निकासा दिनुपर्ने स्पष्ट व्यवस्था छ । स्थानीय तहलाई पारिश्रमिक दिन निर्देशन दिनुभन्दा संघीय सरकारले नै पारिश्रमिक दिन इसीडी शिक्षक र विद्यालय कर्मचारीले माग गरिरहेका छन्।

    प्रकाशित मिति :पौष ८ २०७८ बिहिवार - १४:२५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij