२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ । निम्न माध्यामिक तहमा १० विषयमा २५ सय ९८ जना शिक्षकको लागि विज्ञापन आह्वान गरिएको आयोगले जनाएको छ ।
पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माग १३ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने आयोगले जनाएको छ । परीक्षाको आवेदन फाराम अनलाइनबाट भर्न सकिने आयोगले जनाएको छ ।
यसका लागि आवश्यक सामग्रीहरू यस्ता छन् :
१.नागरिकताको प्रमाणपत्र ।
२. हालसालै खिचेको फोटो ।
३.दस्तखत नमुना ।
४. अध्यापन अनुमति पत्र ।
५.न्युनतम योग्यताको लब्धाङ्क पत्र ।
६. समावेशी समूह खुल्ने प्रमाणित कागजात ।
७. तालिमको प्रमाणपत्र ।
८. दस्तुर ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij