Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

शिक्षकको जिल्लान्तर सरुवाका बारेमा केन्द्रले बल्ल मुख खोल्यो, के छ भित्री तयारी?

शिक्षकको जिल्लान्तर सरुवाका बारेमा केन्द्रले बल्ल मुख खोल्यो, के छ भित्री तयारी?


  • 37.7K
    Shares

    शिक्षकको जिल्लान्तर सरुवाका बारेमा केन्द्रले बल्ल मुख खोल्यो, के छ भित्री तयारी?
    images

    शिक्षकको जिल्लान्तर सरुवा तत्काल खुला नहुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत असोज १३ गते शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि जिल्लान्तर शिक्षक सरुवा रोक्का गरेको थियो । 

    केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक बसन्तप्रसाद कोइरालाले भने, “तत्काल सरुवा खुला हुँदैन । समय लाग्छ ।”

    उनले आयोगले शिक्षक नियुक्तिको प्रक्रिया थालेकाले त्यसलाई सहज होस् भन्ने उद्देश्यले जिल्लान्तर सरुवा खुला गर्न नचाहिएको बताउँदै भने, “हामीले शिक्षक सरुवालाई थप व्यवस्थित बनाउन पनि लागेका छौँ । त्यसैले त्यो कार्यमा व्यस्त छौँ । व्यवस्थित गरिएको अवस्थामा मात्र खुला गर्न सकिन्छ ।”

    यतिबेला शिक्षकहरुले आयोगले विज्ञापन गरिसकेको सन्दर्भमा अब जिल्लान्तर सरुवा खुला गर्नुपर्ने माग गर्दै आएका छन् । उनीहरुले महिनौँदेखि सरुवाका लागि पर्खिरहेको अवस्था छ । तत्काल जिल्लान्तर सरुवा खुला भएमा थाम्न नसकिने बुझाइ नियमन निकायका पदाधिकारीहरुको छ । अहिले केन्द्रलाई जिल्लान्तर शिक्षक सरुवा खुला गर्न निकै दवावपूर्ण फोन आउने गरेको बुझिएको छ । कतिपय शिक्षक साच्चिकै अप्ठेरोमा र कतिपय च्याँखे थापेर बसिरहेको केन्द्रका कतिपय कर्मचारीहरु बताउँछन् । उता स्थानीय तहकाे निर्वाचनकाे समय पनि नजिक हुँदा सरकारले साेकाे मिति घाेषणा गरेमा आचारसंहिताका कारण याे सरूवा थप लम्बिन सक्ने सम्भावना उत्तिकै देखिन्छ ।

    जिल्लाभित्रको सरुवा रोकिएको अवस्था छैन । दरबन्दी मिलानका क्रममा केन्द्रले खुद पुल दरबन्दी भएको स्थानीय तहमा दरबन्दी थप गर्नुपर्ने भएमा सरुवा गर्नसक्ने जनाएको छ । “समस्या परेकाहरुलाई जिल्लाभित्रको सरुवाका लागि बाटो खुला नै छ” केन्द्रका निर्देशक कोइरालाले भने, “तर आयोगले माग गरेको सम्बन्धित विद्यालयको दरबन्दीलाई समस्या नपार्ने गरी सरुवा गर्न सकिनेछ ।”

    केन्द्रले आयोगलाई १७ हजार ४७ पदमा पदपूर्ति गर्न विवरण पठाएको थियो । त्यसमध्ये निम्न माध्यमिक तहमा दुई हजार ५९३ र माध्यमिक तहमा एक हजार ५४७ पदमा आवेदन माग गरिसकिएको अवस्था छ । अब एक साताभित्र प्राथमिक तहका लागि विज्ञापन आह्वान गरिनेछ ।

    प्रकाशित मिति :पौष ८ २०७८ बिहिवार - १४:००:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij