२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन अन्तर्गत एमफिल र पीएचडी कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन माग गरीएको छ । शैक्षिक सत्र २०२२ का लागि एमफिल र पीएचडी अध्ययनका लागि आवेदन माग गरीएको हो ।
स्कुल अफ एजुकेसन अन्तर्गत स्टिम एजुकेसन, डेभलपमेन्ट स्टडीज, एजुकेस्नल लिडरसिप, ईङलिस् ल्याङवेज एजुकेसनमा एमफिल र पीएचडी अध्ययनका लागि योग्यता पुगेका इच्छुक व्याक्तिले आवेदन दिन सक्ने छन् ।
साथै स्टिम एजुकेसनमा एमफिल र पीएचडी अध्ययन गर्नका लागि विज्ञान, गणित, टेक्नोलोजि, इञ्जिनियरिङ्ग, नर्सिङ, हेल्थ साइन्स् लगायतका विषयमा स्नातकोत्तर अध्ययन गरेको हुनुपर्ने विश्वविद्यालयले जनाएको छ ।
एमफिलमा विभाग अनुसार २५/२५ जनाको कोटा रहेको र पीएचडीमा सबै विभाग गरेर बढीमा १० जना मात्र भर्ना गरीने स्कुल अफ एजुकेसनका डीन प्रा.डा. बाल चन्द्र लुइटेलले बताए ।
त्यसैगरी इच्छुक व्याक्तिले मंसिर २५ देखि पुस २६ गतेभित्र आवेदन फाराम भर्नुपर्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij