Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर भोलिदेखि बिक्रीमा, कसरी दिने आवेदन ?

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर भोलिदेखि बिक्रीमा, कसरी दिने आवेदन ?


  • 4.2K
    Shares

    नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर भोलिदेखि बिक्रीमा, कसरी दिने आवेदन ?

    नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर  पुस ७ गते(बुधबार) देखि बिक्री खुल्ला गर्दैछ । बैंकले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो ।

    बैकले हाल कायम चुक्तापूँजीको १०० प्रतिशतले हुने १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

    हकप्रद शेयर निष्काशनका लागि बैंकले मंसिर २४ गते बुक क्लोज गरेको थियो । जसअनुसार मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र मेरो शेयर मोबाइल एप, सफ्टवेयर तथा धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

    कम्पनीको उक्त हकप्रदमा पुस ७ गतेदेखी पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेर रहेको छ ।

    प्रकाशित मिति :पौष ६ २०७८ मंगलवार - १६:३८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij