Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

यस्ता ईसीडी शिक्षकको चम्कियो भाग्य: सार्वजनिक भयो शिक्षक सेवा आयोगको फारम भर्न इसीडी शिक्षकलाई चाहिने योग्यता, चाडैँ बिज्ञापन आउने

यस्ता ईसीडी शिक्षकको चम्कियो भाग्य: सार्वजनिक भयो शिक्षक सेवा आयोगको फारम भर्न इसीडी शिक्षकलाई चाहिने योग्यता, चाडैँ बिज्ञापन आउने


  • 67.8K
    Shares

    यस्ता ईसीडी शिक्षकको चम्कियो भाग्य: सार्वजनिक भयो शिक्षक सेवा आयोगको फारम भर्न इसीडी शिक्षकलाई चाहिने योग्यता, चाडैँ बिज्ञापन आउने
    images

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाइसकेको छ । यही पुस १० गतेभित्र निम्न माध्यमिक तह र २१ गतेभित्र प्राथमिक तहका लागि विज्ञापन आह्वान भइसक्ने आयोगले जनाएको छ ।

    आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले आइतबार दिएको जानकारीअनुसार यही पुस २९ गतेसम्म फारम भर्न सकिनेछ । यसरी क्रमशः विज्ञापन खुल्दै गर्दा मानिसहरूको चासो भने उमेर सम्बन्धी छ ।

    कति उमेरसम्मले दरखास्त दिन पाउने होः भन्ने चासो धेरैको छ । त्यसका लागि उमेर तोकिएको छ । १८ वर्ष पुरा भई २०७८ पुस २९ गतेसम्म ४० वर्ष नकटेका व्यक्तिहरूले आयोगको फारम भर्न पाउने सूचना अधिकारी मरहठ्ठाले जानकारी दिए । यस मितिमा ४० वर्ष पुरा भएको व्यक्तिहरूले फारम भर्न पाउने छैनन् ।

    त्यसैगरी प्रारम्भिक बालविकास सहकर्ता (इसीडी शिक्षक) ले शिक्षक सेवाको फारम भर्न पाउँछन् कि पाउँदैनन् भन्ने वेबटिभी खबरको प्रश्नमा आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले भने, ‘सम्बन्धित विषयमा स्नातक पास गरेको हुनुपर्छ । अध्यापन अनुमतिपत्र (लाइसेन्स) हुनुपर्छ । र,१० महिना शैक्षिक तालिम लिएको हुनुपर्छ ।’ मरहठ्ठाको भनाइअनुसार इसीडी शिक्षकमा पनि सो योग्यता छ भने आयोगको फारम भर्न सकिन्छ ।

    यदि विज्ञान, गणित र अंग्रेजीलाई मुख्य विषय बनाई स्नातक पास गरेका र हाल इसीडी शिक्षकको भूमिकामा काम गरिरहेकाहरूलाई भने १० महिनाको तालिम नचाइने मरहठ्ठाले बताए । हाल देशभर सामान्य साक्षरदेखि स्नातकोत्तर उत्तीर्ण गरेका इसीडी शिक्षकहरू छन् ।

    प्रकाशित मिति :पौष ६ २०७८ मंगलवार - १४:२६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij