Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

अनलाइन मार्फत माविको खुलातर्फको आवेदन दिन सकिने, यस्तो छ आवेदन प्रकृया (विज्ञापनसहित)

अनलाइन मार्फत माविको खुलातर्फको आवेदन दिन सकिने, यस्तो छ आवेदन प्रकृया (विज्ञापनसहित)


  • 6.1K
    Shares

    अनलाइन मार्फत माविको खुलातर्फको आवेदन दिन सकिने, यस्तो छ आवेदन प्रकृया (विज्ञापनसहित)
    images

    काठमाडौं । शिक्षक सेवा आयोगले आज माध्यमिक तहको खुला तर्फको विज्ञापन गरेको छ । आयोगले खुला तर्फको अनलाइन प्रविधिमार्फत पहिलो पटक विज्ञापन गरेको हो । आयोगका अनुसार आजबाट अनलाइन मार्फत आवेदन दिन सकिने छ । 

    परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यवस्था गर्न लागिएको हुँदा सफ्ठटवेयरमा काम गर्ने जनशक्ति व्यवस्थापन नभएका कारण पहिलो पटक माध्यमिक तहको मात्र आयोगले विज्ञापन गरेको छ ।

    फारम भर्दा उम्मेद्वारले परीक्षा बापत तिरेको राजस्व समेत सिधै फारममा एटेज हुने गरी सफ्टवेयर निर्माण गरिएको हुँदा पहिलो पटक परीक्षणका रुपमा माध्यमिक तहको विज्ञापन गर्न लागिएको आयोगले जानकारी दियो । 

    आयोगले शिक्षकका लागि आवेदक मात्र करिब तीन लाख पुग्ने अनुमान सहित अनलनईनमा समस्या नआउनेगरी व्यावस्थित गर्न माविको मात्र विज्ञापन गर्न लागिएको हो । आयोगले करिब तीन लाख आवेदक हुने अनुमान गरेको छ ।

    आयोगले पहिलो पटक माध्यमिक तहमा करिब एक हजार ५४२ पदमा आवेदन माग गर्ने भएको छ । आयोगका अनुसार १७ हजार ४७ पदमा पदपूर्तिका लागि सिफारिस गर्नुपर्ने छ । आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाका अनुसार प्राथमिक तहमा १२ हजार ९१२ पदमा र निम्न माध्यमिक तहमा दुई हजार ५९३ पद शिक्षक छनोट गर्नुपर्ने छ ।


    हेर्नुहोस् अनलाइन मार्फत दरखास्त पेस गर्ने तरिका :

    परीक्षा सञ्चालन:

    (क) लिखित परीक्षा (सामान्य) सञ्चालन हुने मिति र समय: २०७८। १२। १५ गते बिहान ११:०० बजे ।
    (ख) लिखित परीक्षा (विषयगत) को मिति सामान्य परीक्षाको नतिजा प्रकाशन हुँदा तोकिनेछ ।
    (ग) अन्तर्वार्ता हुने मिति, समय र स्थानः लिखित परीक्षा (विषयगत ) को नतिजा प्रकाशन हुँदा तोकिनेछ ।

    परीक्षा केन्द्रः प्रदेश नं. १ को मोरङ, प्रदेश नं. २ को धनुषा, वागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा हुनेछ । अन्य विस्तृत जानकारी आयोगको वेबसाइटमा पछि प्रकाशन गरिनेछ।

    दरखास्त दस्तुरः रु १०००/: (प्रत्येक समावेशी समूहको लागि थप रु ६००/-का दरले) बुझाउनु पर्नेछ । दरखास्त दिने अन्तिम मितिः २०७८ । ०९ । २९ गते । दोब्बर दस्तुर बुझाई दरखास्त दिने मितिः २०७८।१०।०६ गतेसम्म । उम्मेदवारको उमेरको हदः दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको ।

    दरखास्तको माध्यमः
    विज्ञापन भएको पदमा अनलाइन दरखास्त प्रणाली मार्फत दरखास्त दिनुपर्नेछ । आयोगको आधिकारिक वेबसाइट http://online.tsc.gov.np/ मा click गरी अनलाइन दरखास्त प्रणाली मार्फत दरखास्त पेस गर्न सकिनेछ र दरखास्त पेस गर्ने विधि सम्बन्धी विस्तृत जानकारी आयोगको Website (add: user manual link) मा हेर्न सकिनेछ ।

    दरखास्त दस्तुर बुझाउने बैंक र विधिः
    आयोगको अनलाइन दरखास्त प्रणालीबाट फाराम प्रा गरिसकेपछि My application काे all application मा click गर्ने। त्यसपछि आफूले Apply गरेको विज्ञापनको pay battom मा click, गर्ने । बैंक Option मा राष्ट्रिय बाणिज्य बैंक वा नेपाल बैंक लिमिटेडमध्ये कुनै एक Offline payment छनोट गर्ने । बैंक छनोट गरिसकेपछि Offline Payment मा गर्इ Next मा click गर्ने र Voucher Gemerate मा click गर्ने । त्यसपछि भौचर प्रिन्ट गरी सोही भौचरसहित सम्बन्धित बैंकमा गई तोकिएको रकम बुझाउनु पर्नेछ । रकम दाखिला (Payment) सत्यापन भएपछि मात्र प्रवेश पत्र हेर्न र प्रिन्ट गर्न सकिने छ ।

    दरखास्त दस्तुर बुझाउने अवधिः-
    दरखास्त दिने अन्तिम दिनको भोलीपल्ट बैंकिङ्क कारोवार हुने समयभित्र र दोब्बर दस्तुर तिरी दरखास्त पेस गर्नेको हकमा सो को अन्तिम दिनको भोलीपल्ट बैंकिङ्क कारोवार हुने समयभित्र अनिवार्य रुपमा बुझाई सक्नुपर्नेछ ।

    उम्मेदवारमा हुनुपर्ने आवश्यक न्यूनतम योग्यता :-
    (क) नेपाली नागरिक ।

    (ख) शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित), २०५७ को नियम १० बमोजिम अयोग्य नभएको ।

    (ग) मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको । तर विज्ञान, गणित, अङ्ग्रेजी, कार्यालय सञ्चालन तथा लेखा र कम्प्युटर विज्ञान विषयको हकमा तालिम नलिए पनि यस विज्ञापन बमोजिम शिक्षक पदको लागि उम्मेदवार हुन सक्नेछन्‌ ।

    (घ) सामाजिक अध्ययन विषय अन्तर्गत अर्थशास्त्र, इतिहास, ग्रामीण विकास, भूगोल, नागरिकशास्त्र, राजनीतिशास्त्र, दर्शनशास्त्र, नीतिशास्त्र, मनोविज्ञान, मानवशास्त्र, समाजशास्त्र, जनसङ्ख्या शिक्षा र स्वास्थ्य तथा शारीरिक शिक्षा विषयहरू पर्दछन्‌ ।

    (ङ) माध्यमिक तहको स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको ।

    च) अध्यापन अनुमति पत्र सम्बन्धमा थप व्यवस्थाः-

    • प्रकरण (ग) बमोजिम शैक्षिक योग्यता हासिल गरी विषय नखुलेका स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेका व्यक्ति समेत सम्बन्धित विषयमा उम्मेदवार हुन सक्नेछन्‌ ।
    • विषयगत स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेका व्यक्ति सम्बन्धित विषयमा मात्र उम्मेदवार हुन सक्नेछन्‌ ।
    • सम्बन्धित विषयमा प्रकरण (ग) बमोजिम योग्यता हासिल गरी सामाजिक विषयको अध्यापन अनुमतिपत्र प्राप्त गरेका व्यक्तिहरु यस विज्ञापन बमोजिम अर्थशास्त्र र स्वास्थ्य विषयको परीक्षामा
      उम्मेदवार हुन सक्नेछन्‌ ।
    • संस्कृत विषयहरु (भाषा, शुक्लयजुर्वेद, व्याकरण, न्याय र साहित्य) को हकमा नेपाली विषयमा स्थायी अध्यापन अनुमति पत्र प्राप्त गरेका व्यक्ति समेत उम्मेदवार हुन सक्नेछन्‌ ।

    (छ) स्थायी शिक्षक पदमा कार्यरत उम्मेदवारलाई उमेरको हद लाग्ने छैन ।

    (ज) समान तहको शिक्षक पदमा उम्मेदवार हुन पाइने छैन ।

    विस्तृत सूचना हेर्नुहोस्‌:

    प्रकाशित मिति :पौष ६ २०७८ मंगलवार - ११:५१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij