Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

साता दिनभित्रै २६ सय शिक्षकका लागि विज्ञापन खोल्ने आयोगको तयारी, ३ हजार ३ सय ९८ शिक्षकको बढुवा हुने

साता दिनभित्रै २६ सय शिक्षकका लागि विज्ञापन खोल्ने आयोगको तयारी, ३ हजार ३ सय ९८ शिक्षकको बढुवा हुने


  • 5.8K
    Shares

    साता दिनभित्रै २६ सय शिक्षकका लागि विज्ञापन खोल्ने आयोगको तयारी, ३ हजार ३ सय ९८ शिक्षकको बढुवा हुने
    images

    शिक्षा सेवा आयोगले यही साता झण्डै २६ सय संख्यामा निमावी शिक्षकका लागि विज्ञापन खोल्ने तयारी गरिरहेको छ । हालैमात्र एकै पटक मावि तहका १ हजार ५ पाँच सय ६५ पदका लागि विज्ञापन गरिसकेको आयोगले निमावी तहका २६ सय शिक्षकका लागि विज्ञापन गर्ने अन्तिम तयारी गरिरहेको जनाइएको छ ।

    शिक्षक सेवा आयोगको ११ औं संशोधन नियमावली मन्त्रिपरिषद्बाट पास भएसँगै शिक्षकको आन्तरिक बढुवाका अलवा अध्ययन अनुमति पत्र (लाइसेन्स)को विज्ञापन गर्ने प्रक्रिया प्रारम्भ गर्ने बाटो खुलेको हो ।

    विगत ५ बर्षदेखि शिक्षकको बढुवा रोकिएको थियो । हालै मात्र नियमावली पास भएसँगै आन्तरिक बढुवा गर्नेदेखि अनुमतिपत्रको विज्ञापन गर्ने बाटो खुलेको हो ।

    शिक्षा मन्त्री देवेन्द्र पौडेलले हिजो मन्त्रालयका पदाधिकारीहरुलाई देशभर रहेको शिक्षक अभाव हटाउनका लागि रिक्त रहेको दरबन्दीमा विज्ञापन तत्काल खुलाउन निर्देशन दिनुभएको थियो ।

    शिक्षा मन्त्रालयका अनुसार अहिले १३ हजार ९३ प्राविमा शिक्षकको पदपूर्ति गर्नुपर्ने छ । नियमावली संशोधन भइसकेकाले अब ३ हजार ३ सय ९८ शिक्षकको आन्तरिक बढुवा हुने भएको छ।

    यही साता निम्नमाध्यमिक विद्यालयमा रिक्त २ हजार पाँच सय ९८ पदका लागि विज्ञापन गर्ने तयारी भइरहेको जनाइएको छ ।

    प्रकाशित मिति :पौष ६ २०७८ मंगलवार - ११:४३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij