Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

बीएससी सीएसआईटीमा भर्ना खुल्दै, अनलाइनबाट आवेदन दिन सकिने, कोर्षमा के-के छ ?

बीएससी सीएसआईटीमा भर्ना खुल्दै, अनलाइनबाट आवेदन दिन सकिने, कोर्षमा के-के छ ?


  • 5.7K
    Shares

    बीएससी सीएसआईटीमा भर्ना खुल्दै, अनलाइनबाट आवेदन दिन सकिने, कोर्षमा के-के छ ?
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आएको चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) विषयका लागि भर्ना प्रक्रिया सुरु भएको छ ।

    विज्ञान तथा प्रविधि अध्ययन संस्थानले सोमबार एक सूचना जारी गर्दै सीएसआईटी पढ्न इच्छुक विद्यार्थीका लागि प्रवेश परीक्षा र नयाँ भर्नासम्बन्धी कार्यक्रम प्रकाशित गरेको छ ।

    पुस ११ देखि माघ ४ गतेसम्म अनलाइन आवेदन दिन सकिने जनाइएको छ । त्यस्तै माघ ५ देखि सात दिनसम्म दोब्बर दस्तुर तिरेर फर्म भर्न सकिनेछ । विद्यार्थीले यो वेबसाइटमा गई आवेदन भर्न र थप विवरण बुझ्न सक्नेछन् ।

    ६० प्रतिशत कम्प्युटर साइन्स र ४० प्रतिशत आईटीसँग सम्बन्धित काेर्ष समावेश गरी यो शैक्षिक कार्यक्रम तयार पारिएको हो ।

    TU_CSIT_notice.png

    अध्ययनका लागि योग्यता

    यो विषय ग्रेडिङ र क्षमताको हिसाबले सबैका लागि हो । यसमा अब्बल विद्यार्थीदेखि सामान्य विद्यार्थीसम्मले पढ्न सक्ने गरि कोर्ष डिजाइन गरिएको छ । तर, पनि कोर्षले न्यूनतम आवश्यक्ता भने माग्छ । जुन निम्न प्रकार छन् :

    १. साइन्स संकायमा प्लस टु पूरा गरेको वा त्रिभुवन विश्वविद्यालयले मान्यता दिएका अन्य विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थाबाट प्लस टु सरहको अध्ययन पूरा गरेको हुनुपर्ने ।
    २. सय पूर्णाकंको फिजिक्स र सय पूर्णाकंको म्याथम्याटिक्स पढेको हुनुपर्ने ।
    ३. प्लस टु वा सोसरहको तहमा कम्तिमा दोस्रो श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्ने ।
    ४. त्रिविले लिने इन्ट्रान्स परीक्षामा कम्तीमा ३५ प्रतिशत अंक ल्याई उत्तीर्ण हुनेपर्ने ।
    ५. आवश्यक सम्पूर्ण निवेदन प्रक्रिया पुरा गर्नुपर्ने ।

    कोर्षमा के-के छ ?

    अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गरी तयार पारिएको यो कोर्षमा कुल १२६ क्रेडिट आवरको शैक्षिक कार्यक्रम रहेको छ । जब कि विश्वव्यापी रुपमा यो कोर्षको क्रेडिट आवर जम्मा १२० रहेको छ ।

    पौडेलका अनुसार कुल १२६ आवरमध्ये ७५ क्रेडिट कम्प्युटर साइन्स, १५ केडिट आवर इलेक्टिभ्स, १२ क्रेडिट आवर नेचुरल साइन्स, ६ क्रेडिट आवर म्यानेजमेन्ट, ६ क्रेडिट आवर म्याथ, ३ क्रेडिट आवर टेक्निकल राइटिङ र ९ क्रेडिट आवर प्रोजेक्ट तथा इन्टर्नशिपका लागि छुट्याइएको छ ।

    चार वर्षको अवधीमा विद्यार्थीले कुल ४० वटा विषय पढ्नुपर्छ । जसमा पहिलो दुई वर्षमा हरेक सेमेस्टरमा ५ का दरले कुल २० वटा विषय पढ्नुपर्छ भने तेस्रो बर्षबाट विद्यार्थीले हरेक सेमेस्टरमा आफूलाई मन पर्ने एउटा विषय छनौट गरेर पढ्न पाउँछन् ।

    पौडेलका अनुसार विद्यार्थीको मूल्यांकन ग्रेडिङ सिस्टम (जीपीए) मा हुन्छ । जसमध्ये धेरैमा ८० अंक बोर्ड परीक्षा, २० अंक आन्तरिक मूल्याङ्कनमार्फत प्राप्त हुन्छ ।

    तर, प्रोजेक्ट वर्क भएका विषयको हकमा ६० अंक बोर्ड परीक्षा, २० अंक आन्तरिक मूल्याङ्कन र २० अंक प्रोजेक्ट मूल्याङ्कनमार्फत प्राप्त हुन्छ ।

    सातौं सेमेस्टरमा विद्यार्थीले १०० पूर्णाङ्कको मेजर प्रोजेक्ट गर्नुपर्ने हुन्छ । जसमा उत्तीर्ण हुन ४० अंक ल्याउनु पर्ने हुन्छ । यसैगरी, आठौं सेमेस्टरमा विद्यार्थीले २०० पूर्णाङ्कको लागि इन्टर्नशिप गर्नुपर्ने हुन्छ । जसमा पास हुन ८० अंक ल्याउनुपर्ने हुन्छ ।

     

     

    प्रकाशित मिति :पौष ५ २०७८ सोमवार - १६:३३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij