Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

त्रिविको समस्या पहिचान गरी समाधान गर्ने शिक्षामन्त्री पौडेलको प्रतिबद्धता

त्रिविको समस्या पहिचान गरी समाधान गर्ने शिक्षामन्त्री पौडेलको प्रतिबद्धता


  • 4.2K
    Shares

    त्रिविको समस्या पहिचान गरी समाधान गर्ने शिक्षामन्त्री पौडेलको प्रतिबद्धता
    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका छन्।

    सोमबार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा बाल्दै मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका हुन्।

    उनले भने, ‘त्रिविका विभिन्न समस्या पहिचान गरी समाधान गर्न, गम्भीर प्रयत्न गर्नुपर्ने आवश्यकता मैले महशुस गरेको छु र त्रिविका शिक्षक र कर्मचारीका प्रतिनिधिहरुसँग भेटघाट तथा पदाधिकारीहरुसँग भएको छलफलका आधारमा त्रिभुवन विश्वविद्यालयको उन्नती, विकास र सहयोगका लागि नेपाल सरकारको तर्फबाट सहकुलपतिको हैसियतले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि यहाँहरु समक्ष प्रस्तुत गर्न चाहन्छु।’

    उनले दीक्षित विद्यार्थीहरुले आफूसँग भएको ज्ञानलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्दै मुलुकको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणमा योगदान पुर्‍याउनु पर्ने बताए। मन्त्री पौडेलले ज्ञान र सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यकतासँग तालमेल मिलाउँदै व्यवहारिक र जीवनोपयोगी बनाउन जरुरी रहेको पनि बताए।

    उनले अनुसन्धानात्मक संस्थाहरुलाई अझ बढी प्रभावकारी बनाउनु पर्ने महशुस आफूले गरेको बताउँदै त्रिभुवन विश्वविद्यालयले विदेशमा बिक्ने शिक्षा नेपालमै प्रदान गरेर उच्च शिक्षा अध्ययनको व्यवस्था स्वदेशमै मिलाउनु पर्ने बताए।

    मन्त्री पौडेलले विश्वविद्यालयबाट विद्यार्थीलाई उच्चस्तरीय शिक्षा प्रदान गर्न चाहिने आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धतासमेत जनाए।

    प्रकाशित मिति :पौष ५ २०७८ सोमवार - १६:००:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij