२०८२ भाद्र ७ गते शनिवार
शिक्षक सेवा आयोगले बुधबार माध्यामिक तह शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलायो । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले यही पुस १० गतेभित्र निम्न माध्यमिक तहका लागि विज्ञापन आह्वान भइसक्ने जानकारी दिए ।
उनको भनाइमा पुस २१ गतेभित्र प्राथमिक तहको विज्ञापन अह्वान गरिनेछ । यसरी क्रमशः विज्ञापन खुल्दै गर्दा मानिसहरूकाे चासो भने उमेरसम्बन्धी छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले आइतबार बिहान वेबटिभी खबरलाई दिएको जानकारीअनुसार यही पुस २९ गतेसम्म फारम भर्न सकिनेछ ।
त्यसका लागि उमेर तोकिएको छ । १८ वर्ष पुरा भई २०७८ पुस २९ गतेसम्म ४० वर्ष नकटेका व्यक्तिहरूले आयोगको फारम भर्न पाउने सूचना अधिकारी मरहठ्ठाले जानकारी दिए । पुस महिना ३० को छ । यस मितिमा ४० वर्ष पुरा भएको व्यक्तिहरूले फारम भर्न पाउने छैनन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट बिहीबार महामन्त्रीमा निर्वाचित भएका गगन थापालाई प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) ले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । सांसदसमेत रहेका थापाले प्रतिनिधिसभामा इसीडी शिक्षक र विद्यालय कर्मचारीको समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
विद्यालय कर्मचारी मनबहादुर आ.टी महामन्त्री थापालाई बधाई दिंदै सामाजिक सञ्जालमा लेख्छन्, ‘संसदमा विद्यालय कर्मचारी र इसीडि शिक्षकहरूलाई व्यवस्थापन गर्नुपर्छ भनेर खरो रूपमा उत्रिने गगनकुमार थापा नेपाली कांग्रेसको महामन्त्री पदमा विजयी हुनुभएकोमा बधाई छ । साथै अब छिटोभन्दा छिटो व्यवस्थापनको पहल गरिदिने हुने भन्ने आशा गर्दछौं ।’
त्यसैगरी इसीडी शिक्षक अन्जु नेपालले पनि महामन्त्री थापाले शिक्षक र कर्मचारीको पारिश्रमिक समस्याका विषयमा बोल्ने अपेक्षा व्यक्ति गर्दै बधाई दिएकी छिन् । उनले पनि सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘नेपाली कांग्रेसको महामन्त्री पदमा निर्वाचित हुनुभएकोमा गगन थापाज्यूलाई हार्दिक बधाई छ । हाम्रा पारिश्रमिक समस्याबारे सरकारसमक्ष कुरा राखिदिनुहुनेछ भन्ने अपेक्षा छ ।’
इसीडी शिक्षक शान्ता थापा भन्छिन्, ‘नेपाली कांग्रेसको महामन्त्री पदमा सबैभन्दा धेरै मत ल्याएर विजयी हुनु भएकोमा हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’
यहाँ केही शिक्षक र कर्मचारीको भनाइ राखे पनि सामाजिक सञ्जालमा हजारौंले शुभकामना तथा बधाई दिएका छन् । विद्यालय कर्मचारी र इसीडी शिक्षकको पारिश्रमिक निकासा सम्बन्धि आर्थिक वर्ष २०७८/७९ को बुँदा नं.२१६ मा व्यवस्था भएअनुसार सात हजार रूपैयाँ स्थानीय तहले निकासा दिनुपर्ने स्पष्ट व्यवस्था छ । सो पारिश्रमिक स्थानीय तहलाई नदिंदा विद्यालय कर्मचारी र इसीडी शिक्षक आन्दोलित छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij