Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

कांग्रेस सभापतिका लागि दोस्रो चरणमा देउवा र कोइराला भिड्ने, पुनः मतदान हुँदै

कांग्रेस सभापतिका लागि दोस्रो चरणमा देउवा र कोइराला भिड्ने, पुनः मतदान हुँदै


  • 4.2K
    Shares

    कांग्रेस सभापतिका लागि दोस्रो चरणमा देउवा र कोइराला भिड्ने, पुनः मतदान हुँदै
    images

    काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रो चरणमा मतदान हुने भएको छ ।

    केहिबेरअघि सार्वजनिक अन्तिम मतपरिणाम अनुसार सभापति पदका पाँच उमेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको हो ।

    अन्तिम नतिजाअनुसार शेरबहादुर देउवाले २२५८, डा. शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३७१, बिमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाएका छन् । सभापतिका लागि देउवालाई ८२ मत नपुगेको हो । दोस्रो चरणमा देउवा र डा. कोइरालाबीच प्रतिष्पर्धा हुने भएको छ । निधि र सिंहले देउवाको विरुद्ध एक हुने बताइसकेका छन् । मतदान आजै हुने निर्वाचन समितिले जनाएको छ ।

    कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानमा व्यवस्था छ । सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६८१ मतदाताले मतदान गरेका थिए ।

    आज बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुन लागेको हो ।

     

    प्रकाशित मिति :मंसिर २८ २०७८ मंगलवार - १०:२८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij