Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

गुल्मीमा आगलागी हुँदा दृष्टिविहीन परिवारको भयो बिचल्ली

गुल्मीमा आगलागी हुँदा दृष्टिविहीन परिवारको भयो बिचल्ली


  • 3.2K
    Shares

    गुल्मीमा आगलागी हुँदा दृष्टिविहीन परिवारको भयो बिचल्ली
    images

    गुल्मी । अर्जेका खिमप्रसाद र मोतीलाल भुसाल दृष्टिविहीन दाजुभाइ हुन् । जन्मजात आँखा देख्दैनन् । तर, काम नगरे चुलो बल्दैन । उनीहरूले सक्ने र भ्याएसम्मका काम गरेर घरपरिवार चलाएका थिए । ४ मंसिर साँझ घरगोठमा एक्कासि आगलागी भयो । विपन्न दृष्टिविहीन परिवारको पशुचौपायाबाहेक केही जोगिएन । 

    घरगोठसँगै फेर्ने कपडा रहेनन् खिमबहादुरले भने, ‘दैव लागेपछि जलेको घरमा ढलेको मन बुझाएर बसेका छौँ ।’ अहिले दृष्टिविहीन दाजुभाइको परिवार जलेर खण्डहर बनेको घरको ओत लागेका छन् । गाउँलेले नबस्न भन्थे । तर बारी कुनामा त्रिपालमुनि जाडो थेग्न सकस प¥यो उनले भने, ‘जोखिम मोलेरै भए पनि जलेको घरकै तलामुनि बसिरहेका छौँ ।’ आर्थिक सहयोग पाए घरकै पुनर्निर्माण गर्ने सोच रहेको उनले बताए ।

    गाउँपालिकाले तत्काल केही खाद्यान्न, कम्बल र त्रिपाल उपलब्ध गराएको वडाध्यक्ष शोभाखर गिरीले जानकारी दिए । जस्तापातासहित अरू सहयोगको पनि पहल भइरहेको उनको भनाइ छ । दृष्टिविहीन परिवार आगलागीका कारण बिचल्लीमा परेपछि तम्घास तथा बुटवलमा सहयोग अभियान सञ्चालन भएको छ । सोमबार गुल्मी अस्पताल, जिल्ला प्रशासनलगायत तम्घासका विभिन्न व्यक्ति र संस्थाबाट करिब ३० हजार सहयोग संकलन गरिएको छ । 

     

    प्रकाशित मिति :मंसिर २८ २०७८ मंगलवार - १०:२८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij