२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा नेता शेरबहादुर देउवा पनि पुगेका छन् ।
दोस्रो चरणको मतदान हुनुअघि पौडेलले चियापान समारोह आयोजना गरेका छन् । सभापतिका प्रत्यासी देउवा पुगेका छन् भने अर्का नेता शेखर कोइराला भने अहिलेसम्म पुगेका छैनन् ।
यसअघि शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै चियापान कार्यक्रममै नेता पौडेलविरुद्ध ‘हुटिङ्’ भएको छ । लैनचौरमा नेता पौडेलले महाधिवेशन प्रतिनिधिहरुका लागि चियापान आयोजना गरेका थिए ।
सो क्रममा नेता पौडेलले विवेक पुर्याएर मतदान गर्न आग्रह गरे तर कसैको पक्षमा पनि नउभिएपछि उनीविरुद्ध महाधिवेशन प्रतिनिधिले नाराबाजी गरेका थिए ।अन्तिम समयमा मैदान छाडेर भागेको, शेखरको पक्षमा नबोलेकोभन्दै उनीविरुद्ध नाराबाजी भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij