Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई यौन शोषण गर्ने सिंह पक्राउ

किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई यौन शोषण गर्ने सिंह पक्राउ


  • 3.6K
    Shares

    किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई यौन शोषण गर्ने सिंह पक्राउ
    images

    पर्सा।  जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भारत जम्मु कश्मीर चठ्ठा भोर क्याम्प–२ तसिल गाडीगाड बस्ने २९ वर्षीय सतवन्त सिंहलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

    सिंहले ती किशोरीलाई अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई विवाह गर्ने प्रलोभन देखाई शुक्रबार वीरगंज महानगरपालिका–११ श्रीपुरस्थित आप्नै कोठामा लगेर पटक–पटक करणी गरेको भन्ने जाहेरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

    उनीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :मंसिर २७ २०७८ सोमवार - १५:०७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij