Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

 एमसीसी सम्झौता खारेजको माग गर्दै दलीय मोर्चा एमसीए कार्यालय अगाडि घेराउ

 एमसीसी सम्झौता खारेजको माग गर्दै दलीय मोर्चा एमसीए कार्यालय अगाडि घेराउ


  • 3.5K
    Shares

     एमसीसी सम्झौता खारेजको माग गर्दै दलीय मोर्चा एमसीए  कार्यालय अगाडि घेराउ
    images

    काठमाडौं । एमसीसी सम्झौता खारेजको माग गर्दै दलीय मोर्चाले काठमाडौँस्थित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति  (एमसीए) कार्यालय अगाडि घेराउ गरेका छन् । विप्लव नेतृत्वको नेकपासहित  ६ राजनीतिक पार्टी र मोर्चाहरुले एमसीए कार्यालय अघि प्रदर्शन गरेको अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले जानकारी दिए । संयुक्त राजनीतिक पार्टीको पूर्वघोषित कार्यक्रमअनुसार एमसीए कार्यालय घेराउ गरिएको उनीहरुले बताएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोला कञ्चन, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेललगायतले संयुक्त मोर्चामा आवद्ध विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुको घेराउ कार्यक्रममा उपस्थिति रहेको थियो । एमसीसी सम्झौता खारेज गर, गो ब्याक एमसीसी, देशभक्ति शक्तिहरु एक हौँलगायतका नाराहरु लगाउँदै प्रदर्शनसहित एमसीए कार्यालय घेराउ गरेका हुन्  ।

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव सीपी मैनाली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले गत बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमसीए कार्यालय घेराउलगायत संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

    विज्ञप्तिमार्फत् एमसीसीविरुद्धको संघर्ष सशक्त पार्न देशका कम्युनिस्ट क्रान्तिकारीहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्त शक्तिहरू र आमनेपाली जनतालाई व्यापक सहभागिताका निम्ति हार्दिक अपिल गरेका थिए ।

    प्रकाशित मिति :मंसिर २७ २०७८ सोमवार - १४:५०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij