२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं । पर्साबाट स्रोत नखुलेको १८ लाख रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–८ घण्टाघरस्थित सडकबाट स्रोत नखुलेको सो रकमसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–१० ठेगाना भएका २८ वर्षीय चन्दन कुमार साह र सोही ठाउँ ठेगाना भएका ४४ वर्षीय ओमप्रकाश गुप्ता रहेका छन् । घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना१६प ५४४६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा बोकेको उक्त नगदसहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij