Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

आज काठमाडौंमा यो वर्षकै सबैभन्दा बढी चिसो महसुस

आज काठमाडौंमा यो वर्षकै सबैभन्दा बढी चिसो महसुस


  • 6.9K
    Shares

    आज  काठमाडौंमा यो वर्षकै सबैभन्दा बढी चिसो  महसुस
    images

    काठमाडौं । काठमाडौंमा शनिबार (आज) यो वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार, शनिबार बिहान काठमाडौंको तापक्रम ५.६ डिग्री सेल्सियस  मापन भएको छ । यो यस वर्षको अहिलेसम्मको सबैभन्दा कम तापक्रम हो । यसअघि ०७८ मंसिर १ गते न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस मापन भएको थियो । 

    मौसमविद् गंगा नगरकोटी काठमाडौंको तापक्रम कतिसम्म पुग्छ भनेर प्रक्षेपण गर्न नसकिए पनि अब निरन्तर चिसो बढ्ने बताउँछिन् । विगत वर्षमा काठमाडौंको तापक्रम माइनससम्म पुगेकाे रेकर्ड छ। ‘काठमाडौंको तापक्रम कतिसम्म घट्छ भनेर आनुमान गर्न त सकिन्न,’ उनले नेपालवाचसँग भनिन्, ‘तर अब चिसो बढ्दै जान्छ ।’ उनले चिसो बढ्ने क्रममा रहेकाले बालबालिका, वृद्धवृद्धाको सुरक्षामा ध्यान दिन आग्रह गरिन् । 

    काठमाडौंका अतिरिक्त  देशका अन्य भेगको तापक्रम पनि घटेको छ । जल तथा मौसम विज्ञान विभागका जुम्लामा देशमै सबैभन्दा धेरै चिसो छ । त्यहाँको शुक्रबार साँझको न्यूनतम तापक्रम माइनस ४.३ डिग्री सेल्सियस छ । दिउँसोको समयमा भने त्यहाँको तापक्रम १५.३ डिग्री सेल्सियससम्म पुग्ने विभागको प्रक्षेपण छ । जुम्लापछि जोमसोम र जिरीमा धेरै चिसो छ । त्यहाँको शुक्रबारको न्यूनतम तापक्रम क्रमशः माइनस १ र १.१ डिग्री सेल्सियस छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार, देशभर बुधबारसम्म वर्षाको सम्भावना छैन । बिहीबारबाट नयाँ मौसमी प्रणाली भित्रिने र त्यसले देशको पश्चिम भेगका केही स्थानमा वर्षा गराउन सक्ने मौसमविद् नगरकोटीले बताइन् । 

    प्रकाशित मिति :मंसिर २५ २०७८ शनिवार - १०:३०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij