२०८२ मंसिर ७ गते आइतवार
विराटनगर आइपुगेका एमाले नेता महेश बस्नेत सवार गाडीमा रातो छ्यापिएको छ । जेनजी समूहका नेता अर्पित कुँवर सहितको टोलीले उनको गाडीमा रातो छ्यापेका हुन्। विराटनगर एयरपोर्टबाट निस्किने क्रममा बस्नेतको गाडीमा रातो छ्यापिएको बताइएको छ । उनी विराटनगर हुँदै इटहरीतर्फ जाँदै थिए । केही दिनअघि उनी सिमरा जान खोज्दा समेत अवरोध भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij