Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

श्रीमतीको हत्या गरी श्रीमान फरार , केही घण्टामै प्रहरीले पार्यो कर्यापै

श्रीमतीको हत्या गरी श्रीमान फरार , केही घण्टामै प्रहरीले पार्यो कर्यापै


  • 6.3K
    Shares

    श्रीमतीको हत्या गरी श्रीमान फरार , केही घण्टामै प्रहरीले पार्यो कर्यापै
    images


    श्रीमतीको हत्या गरी फरार रहेका रूपन्देहीको सैनामैनाका सुकुम भन्ने सन्तबहादुर घर्ती आफैं प्रहरी कार्यालय पुगेका छन् । घर्तीले शुक्रबार बिहान आफ्नै श्रीमती ३६ वर्षीय खुमा घर्तीको खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

    सैनामैना ८ बाँसगढीमा घर भएकी खुमा शुक्रबार बुटवल ११ स्थित दिदी गोमा थापाको घरमा आएकी थिइन् । दिदीको घरमा बसेको बेला सन्तबहादुरले खुमाको घाँटीमा खुकुरी प्रहार गरेका थिए ।  बिहान साढे ११ बजेतिर खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी खुमाको उपचारको क्रममा मध्यान्ह साढे १२ बजेतिर लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

    श्रीमतीलाई खुकुरी प्रहार गरी तत्काल फरार रहेका सन्तबहादुर दिउँसो तीन बजेतिर आफैं इलाका प्रहरी कार्यालय बुटवल पुगेका हुन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले आफूहरूले खोजी गरेको थाहा पाएपछि सन्तबहादुर आफैं प्रहरी कार्यालय पुगेको बताए।

    ‘हामीले खोजी गरिरहेका थियौं, दिउँसो उनी आफैं श्रीमतीको हत्या गरें भन्दै हाम्रो सम्पर्कमा आएका छन्,’ केसीले भने । केसीका अनुसार श्रीमतीको हत्या आफैंले स्वीकार गरेका सन्तबहादुर सामान्य अवस्थामा देखिएको र उनको स्वास्थ्य परीक्षण गर्ने तयारी भएको छ । आफैंले हत्या स्वीकार गरेका सन्तबहादुरले हत्या किन र के कारणले गरेको भन्ने प्रहरीसामु बताएका छैनन् ।
     

     

    प्रकाशित मिति :मंसिर २४ २०७८ शुक्रवार - १६:४१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij