Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

१४ औँ महाधिवेशनमा रक्तदान

१४ औँ महाधिवेशनमा रक्तदान


  • 3.7K
    Shares

    १४ औँ महाधिवेशनमा रक्तदान
    images

    नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको अवसरमा महाधिवेशनस्थल भृकुटीमण्डपमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । 

    नेविसङ्घ के यु मेडिकल कमिटीको समन्वयमा नेविसङ्घ क्षेत्र नं ५ धनगढी कैलालीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । ‘रक्तदान जीवन दान’ भएकाले महाधिवेशनमा सहभागीले चाहेको अवस्थामा रक्तदान गर्न सकून् र कसैलाई तत्काल रगतको आवश्यकता भएमा त्यसको परिपूर्ति गर्न सकियोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम सञ्चालन गरिएको नेविसङ्घ क्षेत्र नं ५ धनगढीका अध्यक्ष गजेन्द्र शाहीले बताए । 

    महाधिवेशन उद्घाटनको अवसरमा आज एक दिनका लागि भनिए पनि रक्तदान गर्न इच्छुकको सङ्ख्या बढ्न गएमा भोलि–पर्सि पनि कार्यक्रम सञ्चालन गर्न सकिने उनको भनाइ छ । 

    यसैगरी महाधिवेशनस्थलमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ । सांसद जिपछिरिङ लामाको सक्रियतामा महाधिवेशनमा आएका प्रतिनिधिका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको बताइएको छ ।

    शिविरमा सामान्य ज्वरो आएका, टाउको दुखेकालाई निःशुल्क औषधिको पनि व्यवस्था गरिएको सांसद लामाले जानकारी दिनुभयो । शिविरमा डा राजेन्द्र श्रेष्ठ नेतृत्वको टोली खटाइएको छ 

    प्रकाशित मिति :मंसिर २४ २०७८ शुक्रवार - १४:१३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij