२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अवैधानिक कदमले देश संकटमा धकेलिएको प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरोप लगाएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार बिहान कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले गरेको भर्चुअल कार्यक्रम उनले प्रधानमन्त्रीले देशलाई संकटतर्फ लगेको आरोप लगाएका हुन । प्रतिनिधि सभा भंग गरी अचानक चुनाव घोषणा गरेर ओलीले असंवैधानिक काम गरेको सभापति देउवाको भनाइ छ ।
सभापति देउवाले अदालतमा मुद्दा विचाराधीन भएकोले यसलाई प्रभावित पार्ने गरी कांग्रेसले अहिले आन्दोलन नगर्ने पनि बताए । उनले सर्वोच्चले डर, त्रासमा नपरी स्वतन्त्ररुपमा निर्णय गर्ने वातावरण बनोस् भनेर आन्दोलन रोकेर फैसला कुरिरहेको बताए ।
कांग्रेस सभापति देउवाले कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले प्रतिनिधिसभा विघटनका विषयमा सर्वोच्चलाई स्वतन्त्ररुपमा निर्णय गर्न वातावरण बनाइरहेको दावी गरे ।
प्रजातन्त्रमाथि खतरा आइपरेको र मानव अधिकार कब्जा गर्न प्रधानमन्त्री ओली लागिपरेको देउवाको आरोप छ । उनले कांग्रेसले कुनै पनि बहानामा एक एकदलीय शासन नमान्ने पनि स्पष्ट पारे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij