Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

क्रोएशियामा ६.४ रेक्टरकोको भूकम्प : ७ जनाको मृत्यु

क्रोएशियामा ६.४ रेक्टरकोको भूकम्प : ७ जनाको मृत्यु


  • 8.3K
    Shares

    • images
    क्रोएशियामा ६.४ रेक्टरकोको भूकम्प : ७ जनाको मृत्यु
    images

    मध्य क्रोएशियामा ६।४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण सात जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन्। पेट्रेनियामा १२ वर्षकी एक बालिकाको मृत्यु भएको उक्त क्षेत्रको भ्रमण पछि प्रधानमन्त्रीले बताएका छन्।

    पाँच जनाको नजिकैको सहर ग्लीनामा मृत्यु भएको छ। मृत्यु भएका सातौँ व्यक्ति जाजीनास्थित एउटा गिर्जाघरको भग्नावशेषमा फेला परेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पेट्रेनियाका मेयरका अनुसार सहरको करिब आधा भाग ध्वस्त भएको छ र मानिसहरूलाई भग्नावशेषबाट निकालिँदै छ ।

    भूकम्पको प्रभाव क्रोएशियाको राजधानी जाग्रेब , छिमेकी बोस्निया र सर्वियाका साथै इटलीसम्म महसुस गरिएको थियो। सरकारी सञ्चारमाध्यमका अनुसार एक जना महिलालाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ।

    जर्मन रिसर्च सेन्टर फर जीओसाइन्सेसका अनुसार स्थानीय समय अनुसार ११ बजेर १९ मिनेट जाँदा भूकम्प आएको हो।
     

    प्रकाशित मिति :पौष १५ २०७७ बुधवार - १६:०९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij