२०८२ फाल्गुण २९ गते शुक्रवार
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फागुन २९ गते सुनको मूल्य तोलामा २८ सय रुपैयाँले घटेको हो ।
यस्तै आज सुनको मूल्य तोलामा ३ लाख १४ हजार २ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ५ हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij