२०८२ फाल्गुण २९ गते शुक्रवार
मध्यपूर्वमा जारी तनावका बिच इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी कोमामा रहेको दाबी गरिएको छ।
बेलायती सञ्चारमाध्यम द सनको रिपोर्टअनुसार आक्रमणमा मोज्तबालाई यति गम्भीर चोट लागेको थियो कि उनको एउटा खुट्टा काट्नुपर्यो। साथै उनको पेट र कलेजोमा पनि क्षति पुगेको थियो। त्यसैले उनी कोमामा छन्।
आफ्ना बुबा तत्कालीन सर्वोच्च नेता अली खामेनी मारिएपछि मोज्तबाले मार्च ९ देखि सर्वोच्च नेताको पद ग्रहण गरेका थिए। तर इरानको सरकारले उनको अवस्थाबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी जारी गरेको छैन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij