२०८२ माघ ७ गते बुधवार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाको लागि आवेदन खुला गरेको छ ।
बुधवार एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन हुने एसईईको परीक्षा फारम खुला गरेको हो ।कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले पुस १६ देखि माघ २१ गतेसम्म परीक्षा फारम भरिसक्नुपर्नेछ । बोर्डका अनुसार उक्त आवेदन फारम भर्नका लागि प्रति विद्यार्थी ५ सयका दरले शुल्क लाग्नेछ ।
त्यस्तै २०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको बोर्डले जनाएको छ । साथै हाल कक्षा ९ मा अध्ययन गरिरहेका विद्यार्थीका लागि रजिष्ट्रेशन फारम भर्न समेत बोर्डले सूचना जारी गरी आह्वान गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij