Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

नेपाल बारको अल्टिमेटम : भोली पनि प्रधानन्यायाधीशले राजीनामा नदिए थप आन्दोलन गर्ने

नेपाल बारको अल्टिमेटम : भोली पनि प्रधानन्यायाधीशले राजीनामा नदिए थप आन्दोलन गर्ने


  • 3.9K
    Shares

    नेपाल बारको अल्टिमेटम : भोली पनि प्रधानन्यायाधीशले राजीनामा नदिए थप आन्दोलन  गर्ने
    images

    काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश  चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन शुक्रबार दिउँसो तीन बजेसम्मको अल्टिमेटम दिएको छ ।

    आज आकस्मिक बैठकपछि बोलाइएको पत्रकार सम्मेलनमा नेपाल बार एशोसिएसनले आफूहरुले प्रधानन्यायाधीश जबरालाई शुक्रबार तीन बजेसम्मका लागि अल्टिमेटम दिएको जनाएको हो ।

    उनले तीन बजेसम्म राजीनामा नदिए बारले आन्दोलनका थप कार्यक्रमहरु घोषणा गर्ने भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।

    बार एसोसिएनका उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराईले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएकाले छानविन गर्न पनि माग गरे। बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग्दै झण्डै एक महिनादेखि आन्दोलन गर्दै आएको छ । तर, प्रधानन्यायाधीश जबराले आफूले राजीनामा नदिने बताउँदै आएका छन् ।

    प्रकाशित मिति :मंसिर २ २०७८ बिहिवार - १६:३२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij