Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

प्रगतिशील लोकतान्त्रिक पार्टीले ‘एन्टिकरप्सन युथ फोर्स’ बनाउने

प्रगतिशील लोकतान्त्रिक पार्टीले ‘एन्टिकरप्सन युथ फोर्स’ बनाउने


  • 246
    Shares

    प्रगतिशील लोकतान्त्रिक पार्टीले ‘एन्टिकरप्सन युथ फोर्स’ बनाउने
    images

    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले भ्रष्टाचारविरुद्ध युवाशक्ति अर्थात् ‘एन्टिकरप्शन युथ फोर्स’ बनाउने भएको छ ।

    ‘देशमा सुशासन हासिल गर्न मुलतः युवाको अगुवाईमा ‘भ्रट्राचार विरुद्ध युवाशक्ति (एन्टिकरप्सन युथ फोर्स)’ गठन गरिने छ,’ आइतबार आयोजित पार्टी एकता समारोहमा प्रस्तुत पार्टीको राजनीतिक प्रतिबद्धता मस्यौदामा भनिएको छ ।

    यो फोर्सले भ्रष्टविरुद्ध सामाजिक बहिष्कार अभियान चलाउने प्रगतिशील लोकतान्त्रिक पार्टीले उल्लेख गरेको छ ।

    आइतबार डा। बाबुराम भट्टराईले स्थापना गरेको र हाल दुर्गा सोबले नेतृत्व गरेको जसपा (नयाँ शक्ति), जनार्दन शर्माको पहलमा स्थापना गरिएको र हाल सुदन किराँतीले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी र रास्वपा परित्याग गरेका विघटित प्रतिनिधिसभा सदस्य सन्तोष परियार नेतृत्वको टोली लगायतसँग एकता घोषणा गरिएको छ । 

     

    प्रकाशित मिति :मंसिर ७ २०८२ आइतवार - १६:२२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij