२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं । नेपालमा शाओमी १५टीः लाइका क्यामेरा प्रविधिका साथ आकर्षक मूल्यमा विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीको नयाँ शाओमी १५टी ले नेपालका स्मार्टफोन प्रयोगकर्तालाई व्यावहारिक र मूल्यअनुरूपको नयाँ विकल्प दिएको छ । लाइकासँग सहकार्य गरेर तयार गरिएको क्यामेरा तथा प्रिमियम हार्डवेयरका कारण यो उत्कृष्ट छ । साथै यसले दैनिक प्रयोगमा पनि सहज महसुस गराउँछ ।
क्यामेरा
शाओमी १५टी को सबैभन्दा उल्लेखनीय विशेषता यसको बहुपयोगी क्यामेरा सेटअप हो, जसले दैनिक जीवनका तस्विरहरू राम्रो गुणस्तरका साथ खिच्न सक्छ । ५०मेगापिक्सेलको मुख्य क्यामेरामा OmniVision Light Fusion 800 (अप्टिकल इमेज स्टेबलाइजेशन) प्रयोग गरिएको छ, जसले F/1.7 लेन्समार्फत स्पष्ट र जीवन्त तस्विर खिच्न मद्दत गर्छ । लाइका क्यामेराका कलर प्रोफाइल र इफेक्टले तस्विरमा प्राकृतिक र प्रिमियम अनुभूति थप्छ । दैनिक फोटो खिच्ने प्रयोगकर्ताका लागि यो सेटअप पर्याप्त र शक्तिशाली छ । यसले गर्दा महँगो फ्ल्यागशिप फोन बिना पनि राम्रो फोटो लिन सकिन्छ । तपाईंलाई अत्यधिक जुम आवश्यक छैन वा प्रायः अँध्यारोमा फोटो खिच्नुपर्दैन भने, यो क्यामेरा सेटअप दैनिक फोटोग्राफीका लागि धेरै नै व्यावहारिक छ ।
प्रदर्शन
शाओमी १५टी मा १२ जिबी LPDDR 5X RAM र ५१२ जिबी ग्ँक् ४.१ स्टोरेज छ, जुन स्मार्टफोनका लागि अत्याधुनिक मेमोरी प्रविधि हो । १२ जिबी LPDDR 5X RAM ले स्मूथ मल्टिटास्किंग सुनिश्चित गर्छ, जसले धेरै एप्स एकसाथ चलाउँदा पनि स्लो हुँदैन । यसले गेम खेल्दा वा एप्स छिटो सर्ने अवस्थामा राम्रो पावर एफिसिएन्सीसहित छिटो डेटा गति पनि दिन्छ । ५१२ जिबी UFS ४.१ स्टोरेजले UFS ४.० भन्दा ५०% छिटो एप स्थापना, छिटो फाइल ट्रान्सफर र सिस्टम प्रतिक्रिया (चभकउयलकष्खभलभकक) सुनिश्चित गर्छ ।
यसमा हजारौं तस्बिर, द्धप भिडियो, ठूला गेम फाइलहरू र थुप्रै एप्स अटनसक्ने स्टोरेज क्षमता छ । शाओमी १५टी मा भएको ५१२ जिबी सबैजसो प्रयोगकर्ताका लागि पर्याप्त हुन्छ । यस संयोजनले गेमिङ, फोटोग्राफी र दैनिक कामहरूमा उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्छ ।
डिजाइन र बनोट
यो फोन प्लास्टिक फ्रेममा डिजाइन गरिएको छ, जसको वजन केवल १९४ ग्राम रहेको छ त्यसैले लामो समयसम्म गेम खेल्दा पनि उपकरणलाई चिसो राख्न मद्दत गर्छ । आईपी ६८ प्रमाणपत्रले यसलाई पानी र धुलो प्रतिरोधी बनाउँछ भने डिस्प्लेमा Corning Gorilla Glass 7i ले दैनिक प्रयोगका लागि टिकाउपन सुनिश्चित गर्छ । खरिदकर्ताले कालो, खैरो र रोज गोल्ड रंग विकल्पहरू छान्न सक्छन्, सबैमा आकर्षक मेटालिक फिनिश छ जसले फोनको देखिने शैली अझ प्रभावशाली बनाउँछ ।
डिस्प्ले गुणस्तर
शाओमी १५टी मा ६.८३ इन्चको ओ एल इ डी स्क्रिन छ जसले हेर्ने अनुभव नै फरक पार्छ । यसको स्क्रिन १ .५ के रेसोलुशनको स्क्रिनले तस्बिर र भिडियो क्लियर देखिन्छन् । साथै १२० रिफ्रेश रेट भएकोले फोन चलाउँदा, स्क्रोल गर्दा वा गेम खेल्दा, सबै सबै फिचरहरू सहज र सुविधाजनक हुन्छ । स्क्रिनको उज्यालोपन ३,२०० निट्स सम्म पुग्न सक्छ, जस्ले गर्दा घाममा पनि फोन सजिलै चलाउन सकिन्छ । यसमा एच डी अर १०+ र डोल्बी विसन सपोर्ट पनि छ, जसले गर्दा मुभी वा भिडियो हेर्दा रङहरू सुस्पष्ट देखिन्छन्, र स्क्रिनको टच रिस्पोन्स पनि छिटो भएकोले छुने बित्तिकै चल्छ । यसको स्क्रिनमा पी दब्ल्यु एम डिमिङ्ग टेक्नोलोजी भएकोले तपाईंलाई कम उज्यालोपनमा स्क्रिनको फ्लिकर (झिलमिल) ले आँखामा खासै असर पर्न दिँदैन ।
ब्याट्री लाइफ
५,५०० mAh को ठूलो ब्याट्रीले मध्यमदेखि भारी प्रयोगमा पनि पूरा दिन सजिलै चल्छ र कम प्रयोग गर्नेले एउटै चार्जमा दुई दिनसम्म पनि चलाउन सक्छ । ६७वाट तारको चार्जिङ प्रयोग गर्दा, दिइएको ६७ वाट पावर एडप्टरले करिब ५० मिनेटमा १००% चार्ज हुन्छ । यसमा वायरलेस चार्जिङ नभए पनि चार्ज गर्न सजिलो छ ।
थप सुविधाहरू
शाओमी १५टी मा पूर्ण कनेक्टिविटी विकल्पहरू छन्, जसमध्ये डुअल सिम (नानो), WiFi 6E (डुअल–ब्यान्ड), Bluetooth 6.0, र पूर्ण पोजिसनिङ सिस्टम -GPS, Glonass, Galileo, Beidou, QZSS, / NavIC_ ) समावेश छन् । यसमा USB–C सपोर्ट, NFC (कन्ट्याक्टलेस भुक्तानीका लागि) र 4GLTE तथा 5G नेटवर्क सर्पोट छ, जसले प्रयोकर्तालाई अहिले र भविष्यमा धेरै सजिलोसमेत बनाउने छ ।
सुरक्षा र सेन्सर सुविधाहरू
फोनमा सजिलो पहुँचका लागि अप्टिकल इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र फेस अनलक सुविधा छन् । साथै, यसमा पूर्ण सेन्सर सेट पनि छ । एक्सेलेरोमिटर, एम्बियेन्ट लाइट, कलर टेम्प्रेचर, ई–कम्पास, फ्लिकर सेन्सर, जाइरोस्कोप, आईआर ब्लास्टर र प्रोक्सिमिटी सेन्सर रहेको छ जसले प्रयोग गर्दा फोनको पूर्ण कार्यक्षमता सुनिश्चित गर्छ ।
मूल्य र उपलब्धता
१२जिबी\५१२जिबी स्टोरेज भेरियन्टको मूल्य रु. ६४,९९९ रहेका शाओमी १५टी दैनिक प्रयोगका लागि उत्कृष्ट डिस्प्ले गुणस्तर, ब्याट्री लाइफ र लाइका क्यामेरा अनुभव प्रदान गर्छ साथै समान मूल्यमा प्रिमियम सुविधाहरू दिन्छ । यो उपकरण नेपालभरका शाओमीका अधिकृत बिक्रेता तथा रिटेल नेटवर्कमार्फत उपलब्ध छ ।
त्यस्तै मात्र ४०% डाउन पेमेन्टमा ९ महिनासम्मको सहज किस्ता सुविधा पनि उपलब्ध छ । जसले गर्र्दा धेरै प्रयोगकर्ताका लागि शाओमी १५टी पहुँचयोग्य छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij