Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश

प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश


  • 281
    Shares

    प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश
    images

    काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग्ने आदेश गरेको छ ।

    राजदूत फिर्ताको निर्णयमा अदालतको आदेश पालना नगरेको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले अवहेलनामा कारवाही हुनुपर्ने भनी सर्वोच्चमा निवेदन पेश गरेका थिए ।

    सुनुवाइपछि न्यायाधीशहरू हरि फूयाल र अब्दुल अजिज मुसलमानको इजलासले लिखित जवाफ माग्ने आदेश गरेको हो ।

    वर्तमान सरकारले गत असोज ३० गते अघिल्लो सरकारको पालामा नियुक्त ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । 

    सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी भएपछि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो ।

    प्रकाशित मिति :मंसिर ७ २०८२ आइतवार - १५:३३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij