Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

सकियो सर्वोच्च अदालतको फुलकोर्ट बैठक, के-के भए निर्णय ?

सकियो सर्वोच्च अदालतको फुलकोर्ट बैठक, के-के भए निर्णय ?


  • 6.6K
    Shares

    सकियो सर्वोच्च अदालतको फुलकोर्ट बैठक, के-के भए निर्णय ?
    images

    काठमाडौं । सर्वोच्च अदालत फुलकोर्ट बैठक सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा बसेको फुलकोर्ट बैठक सकिएको हो । सर्वोच्च अदालतको नियमावली र निर्देशिका पास गरेर फुलकोर्ट बैठक सकिएको हो ।

    बैठकले अदालतमा गोलाप्रथा प्रणाली लागु गर्ने निर्णय पनि गरेको छ । फुलकोर्ट बैठकले गरेको गोलाप्रथा प्रणाली लागु गर्ने निर्णयलाई सर्वोच्च प्रशासनले कानून मन्त्रालयमा जानकारी गराउनेछ ।

    कानून मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेपछि अदालतमा गोलाप्रथा प्रणाली लागु हुने छ । सर्वोच्चका अनुसार गोलाप्रथा प्रणाली लागु हुन कम्तिमा ३/४ दिन लाग्ने छ ।

    सर्वोच्च अदालतमा देखिएको विवाद समाधान गर्न फुलकोर्ट बैठक बसेको थियो । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिस्कार गर्दै आएका छन् भने कानून व्यवसायीहरुले दिनहुँ आन्दोलन गर्दै आएका छन् । उक्त विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो ।

    प्रकाशित मिति :मंसिर २ २०७८ बिहिवार - १६:००:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij