२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं । सर्वोच्च अदालत परिसरमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य प्रकाश महर्जनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । उनको थापाथलीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
टाउकोमा चोट लागेका उनको अवस्था गम्भीर रहेको नेपाल बारका उपाध्यक्ष ईश्वरी भट्टराईले जानकारी दिए ।
प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले लाठीचार्ज गर्दा आज नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बार केन्द्रीय सदस्य महर्जनसहित केही वकिलहरू घाइते भएका छन् । त्यसमध्ये श्रेष्ठ र महर्जनलाई गम्भीर चोट लागेको जनाइएको छ । श्रेष्ठको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
वकिलहरू कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरेलगायत घाइते भएका छन् । घिमिरे सर्वोच्च बारका सचिव हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायी आन्दोलनरत छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij