Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

तलब वृद्धि नगरेको भन्दै आन्दोलनरत कर्मचारी र इसीडी शिक्षकले गरे अनिश्चितकालका लागि विद्यालय बन्द

तलब वृद्धि नगरेको भन्दै आन्दोलनरत कर्मचारी र इसीडी शिक्षकले गरे अनिश्चितकालका लागि विद्यालय बन्द


  • 7.0K
    Shares

    तलब वृद्धि नगरेको भन्दै आन्दोलनरत कर्मचारी र इसीडी शिक्षकले गरे अनिश्चितकालका लागि विद्यालय बन्द

    डोटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।

    विद्यालयका कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) को तलब वृद्धि गर्ने सरकारको निर्णय गाउँपालिकाले पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी र इसीडी शिक्षकले विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका हुन् ।

    पालिकाले सरकारको निर्णयानुसार कर्मचारीको तलब वृद्धि गर्नुपर्ने भन्दै गरिएको विद्यालय बन्दप्रति गाउँपालिका शिक्षक महासंघले ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागिता जनाएको छ ।

    जिल्लामा रहेका अन्य पालिकाले आफ्ना विद्यालयका शिक्षकसँगको सहमतिमा पारिश्रमिक बढाएको तर उक्त गाउँपालिकाले बेवास्ता गरेको भन्दै शिक्षक तथा कर्मचारी आन्दोलित बनेका गाउँपालिका शिक्षक महासंघका अध्यक्ष गणेश दाहलले जानकारी दिए ।

    उनका अनुसार संघीय सरकारले निर्णय गरेबमोजिम स्थानीय सरकारका तर्फबाट प्रतिव्यक्ति ७ हजार पारिश्रमिक बढाउनुपर्ने र माग पुरा नहुञ्जेलसम्म गाउँपालिकामा रहेका ३३ वटै विद्यालय बन्द गर्ने निर्णय गरी तालाबन्दी गरिएको हो ।

    कोरोना भाइरसका कारण विद्यार्थीको पढाइ पुरा हुन नसकी अन्योल भइरहेका बेला पुनः शिक्षकबाट विद्यालय बन्द हुनु दुःखद् रहेको र विद्यालय कर्मचारी तथा सहजकर्ताको माग चाँडो सम्बोधन गरी विद्यालय सञ्चालन गर्नुपर्ने नेपाल विद्यार्थी संघका अध्यक्ष गणेश खड्काले बताए । गाउँपालिकाले तलब वृद्धिका विषयमा कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

    प्रकाशित मिति :कार्तिक ३० २०७८ मंगलवार - १६:४९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij