Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

वृद्धि भएको तलब नदिएको भन्दै इसिडी शिक्षकले गाउँपालिकामा ठोकिदिए ताल्चा

वृद्धि भएको तलब नदिएको भन्दै इसिडी शिक्षकले गाउँपालिकामा ठोकिदिए ताल्चा


  • 9.2K
    Shares

    वृद्धि भएको तलब नदिएको भन्दै इसिडी शिक्षकले गाउँपालिकामा ठोकिदिए ताल्चा

    हुम्लाको मध्ये भेगमा रहेको सर्केगार्ड गाउँपालिकामा आइतबारदेखि ताला लगाइएको छ । बाल विकास केन्द्रका सहजकर्ता र विद्यालयका कर्मचारीले बढेको तलब नदिएको भन्दै गाउँपालिकामा ताला लगाएका हुन् ।

    गाउँपालिका बाल विकासका सहजकर्ता र कर्मचारीको तलब वृद्धिका लागि गम्भीर नदेखिएपछि आइतबार बेलुकाबाट ताला लगाएको प्रगति प्राविका सहजकर्ता रुप्सी छत्यालले बताए ।

    सर्केगाड गाउँपालिकाले वृद्धि भएको तलब नदिएको भन्दै सबै सहजकर्ता र विद्यालयका कर्मचारी मिलेर तालाबन्दी गर्नुपरेको छत्यालले बताए ।

    जिल्लाका अधिकांश गाउँपालिकाले आन्तरिक स्रोतबाट व्यवस्था हुने गरी बाल विकासका सहजकर्ता र विद्यालयका कर्मचारीलाई तलबको व्यवस्था गरेको अवस्थामा सर्केगार्डले उक्त व्यवस्था नगरेकाले दबाब दिन कठोर कदम चाल्नुपरेको यस्तै दुधकण्ड प्रावि रोडिकोटका बाल विकासका सहजकर्ता हाँसबहादुर छत्यालले बताए ।

    सर्केगार्ड गाउँपालिकामा ३२ वटा विद्यालय छन् । यसमा चार वटा मावि र २८ वटा प्राथमिक तथा आधारभूत विद्यालय छन् ।आधारभूत र प्राथमिक सबै विद्यालयमा बाल विकासका कक्षा सञ्चालन हुँदै आएका छन् । बत्तीस जना विद्यालय कर्मचारी र बाल विकासका गरी ६० जना आन्दोलित भएका छन् ।

    प्रकाशित मिति :कार्तिक ३० २०७८ मंगलवार - १२:०४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij