Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

तलबभत्ता वृद्धिको माग गर्दै विद्यालय कर्मचारी र इसीडी शिक्षक आन्दोलित, कसले रोक्यो तलबभत्ता ?

तलबभत्ता वृद्धिको माग गर्दै विद्यालय कर्मचारी र इसीडी शिक्षक आन्दोलित, कसले रोक्यो तलबभत्ता ?


  • 11.6K
    Shares

    तलबभत्ता वृद्धिको माग गर्दै विद्यालय कर्मचारी र इसीडी शिक्षक आन्दोलित, कसले रोक्यो तलबभत्ता ?

    जनकपुरधाम । तलबभत्ता वृद्धिको माग गर्दै जनकपुरधाम उपमहनगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र बालविकास शिक्षकहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

    सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको हक, हित र सेवा, सुरक्षा सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला र शिक्षा मन्त्रालयले स्वीकृत प्रदान गरेअनुसारको तलबभत्ताको माग गर्दै बाल विकास शिक्षक र कार्मचारीहरूले बिहीबार जनकपुरमा संयुक्त प्रदर्शन गरेका छन् ।

    चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयले विद्यालयका कर्मचारी र बाल विकास शिक्षकका सम्बधमा समेत तलबमा स्थानीय तहबाट थप गरी तलब खुवाउन भनी बजेट भाषणमा उल्लेख भएकाले सोअनुसारको सेवा, सुविधा पाउनुपर्ने उनीहरूको  माग छ ।

    विद्यालयमा कार्यरत लेखापालको मासिक १८ हजार ५००, बाल शिक्षकको मासिक १५ हजार, विद्यालय कार्यालय सहयोगी १५ हजार रुपैयाँको माग गरिएको छ ।

    सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र बाल शिक्षकले संयुक्त रूपमा गठन गरेको आन्दोलन परिचालन समितिले आफूहरूको माग पुरा नभएको खण्डमा चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

    जनकपुरधाम उपमहनगरपालिका उनीहरूले बुझाएको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय धनुषा र शिक्षा विकास तथा समन्वय इकाई धनुषालाई बोधार्थसमेत गरिएको छ । 

     

    प्रकाशित मिति :कार्तिक २९ २०७८ सोमवार - १३:१४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij