Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

लिबियाका विदेश मन्त्री निलम्बित, अनिश्चितकालका लागि विदेश भ्रमणमा प्रतिबन्ध 

लिबियाका विदेश मन्त्री निलम्बित, अनिश्चितकालका लागि विदेश भ्रमणमा प्रतिबन्ध 


  • 7.9K
    Shares

    लिबियाका विदेश मन्त्री निलम्बित, अनिश्चितकालका लागि विदेश भ्रमणमा प्रतिबन्ध 
    images

    त्रिपोली ।  लिबियाका विदेशमन्त्री नाज्ला माङगौशलाई निलम्बन गरिएको छ । उनको भूमिकाप्रति असन्तुष्टि जनाउदै राष्ट्रपतिले उनलाई निलम्बन गरेको सरकारी अधिकारीहरुले जनाएका छन् । 

    अनिश्चितकालका लागि सरकारले उनलाई विदेश भ्रमणमा पनि प्रतिवन्ध लगाएको छ । सरकारको निर्णयप्रति भने उनले असहमति जनाएका हुन् । 

    “विदेश मन्त्री नाज्ला माङगौशलाई अस्थायी रुपमा निलम्बन गरिएको छ, उहाँमाथी अनुसन्धान भइरहेको छ, अनुसन्धान सकिएपछि मात्रै निलम्बन फुकुवा गर्ने वा नगर्ने बारेमा निर्णय हुन्छ,” सरकारद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

    सरकारले बनाएको अनुसन्धान टोलीलाई १४ दिन भित्रका प्रतिवेदन बुझाउन आदेश दिइएको छ । उहाँले विदेश मन्त्रीको रुपमा एकलौटी गरेको, सरकारसँग समन्वय नगरेको, शक्तिको दुरुपयोग गरेकोलगायतका आरोप लगाइएको छ । उनलाई लिबियाको अन्तरिम सरकारको विदेश मन्त्रीका रुपमा गत फेब्रुअरीमा नियुक्त गरिएको थियो । 

    प्रकाशित मिति :कार्तिक २१ २०७८ आइतवार - १७:३४:१४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij