Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिक्षकका मागबारे सरोकारवालाहरू मौन, आन्दोलनको तयारी गर्न शिक्षक महासंघले दियो यस्तो निर्देशन

शिक्षकका मागबारे सरोकारवालाहरू मौन, आन्दोलनको तयारी गर्न शिक्षक महासंघले दियो यस्तो निर्देशन


  • 6.0K
    Shares

    शिक्षकका मागबारे सरोकारवालाहरू मौन, आन्दोलनको तयारी गर्न शिक्षक महासंघले दियो यस्तो निर्देशन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सरोकारवाला निकायहरूले शिक्षकहरूका मागप्रति चासो नदेखाएको भन्दै नेपाल शिक्षक महासंघले  कात्तिक २८ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ ।

    नेपाल शिक्षक महासंघले शिक्षकहरूका मागबारे शिक्षा मन्त्री, सचिव तथा सरोकारवाला निकायलाई औपचारिक रूपमै जानकारी गराएपनि चासो नदेखाएको भन्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको हो ।

    सबै शिक्षकहरूलाई आन्दोलनको तयारी गर्नका लागि अपिल गर्दे विगतमा भएका सबै सम्झौताहरूको कार्यन्वयन तथा बाँकी न्यायोचित मागहरू पुरा गर्न थालिएको आन्दोलन र यस कार्यक्रमबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, सचिव तथा मन्त्रालयअन्तर्गतका सरोकारित निकायमा औपचारिक रूपमा जानकारी गराएको जनाएको छ ।

    तर शिक्षकहरूका माग बारे जानकार हुँदाहुँदै पनि अहिलेसम्म सम्बन्धित पदाधिकारी तथा निकायहरूबाट यसबारे आवश्यक,चासो र जागरूकता नदेखाएको भन्दै नेपाल शिक्षक महासंघ र यसमा आबद्ध सबै संस्था, समिति तथा शिक्षक कर्मचारीहरूलाई आन्दोलनको आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।

    महासंंघले ३४ बुँदे माग राख्दै २० वैशाख २०७८ देखि निरन्तर आन्दोलन गर्दे आइरहेका छ ।

    पाँचौ चरणको आन्दोलनअन्तर्गत कात्तिक २८ गतेबाट काठमाडौं केन्द्रित निर्णायक आन्दोलन गर्ने कार्यक्रम पहिलेनै घोषणा गरेको थियो ।

    1635924831-NVwDz.jpg

    प्रकाशित मिति :कार्तिक १७ २०७८ बुधवार - १४:००:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij